एथ्लेटिकोसँग रियल बराबरीमा रोकियो, शीर्ष स्थान गुम्यो


Share This

नेपालबहस संवाददाता    

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र एथ्लेटिको बिल्वाओले एक–एक गोलको बराबरी खेलेका छन ।

खेलको ३२ औं मिनेटमा मुनियनले गोल गर्दै घरेलु टोली एथ्लेटिको बिल्वाओलाई अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा इस्कोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

यसअघि गोल गर्दै आएका बेन्जेमा र बेलले गोल गर्न नसक्दा पनि रियल बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । यसअघि तीन खेलमा शतप्रतिशत जित निकालेर शीर्ष स्थानमा रहेको रियल आजको बरबरीपछि शीर्ष स्थान गुमाएको छ ।

बराबरीपछि चार खेलबाट रियलको १० अंक छ ।

तपाईको प्रतिक्रिया