युभेन्ट्सका लागि रोनाल्डोको पहिलो गोल, हराए सिसौलीलाई !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

टुरिन । युभेन्ट्सका लागि पहिलो गोल गर्दै रोनाल्डोले इटालिएन सिरी ए मा शानदार शुरुवात गरेका छन । उनले गोलका लागि चार खेलसम्म संघर्ष गर्नुपरेको थियो ।

शनिबार राती घरेलु मैदानमा सासौलीविरुद्ध रोनाल्डोले २ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा रोनाल्डोले दुबै गोल दोश्रो हाफमा गरेका हुन ।

५० औँ मिनेटमा गोलको खडेरी तोडेका रोनाल्डोले त्यसको १५ मिनेटपछि व्यक्तिगत दोश्रो गोल गरे । यसै सिजन स्पेनिस जाइन्ट रियल मड्रिड छाडेर युभेन्ट्स पुगेका रोनाल्डो युभेन्ट्सका सर्वाधिक महगा खेलाडी हुन ।

रोनाल्डो पाएपछि यसअघि दुई पटक फाइनल पुगेको युभेन्ट्सले यस बर्ष च्याम्पियन्स लिग जित्ने सुन्दर सपना बुनेको छ । रोनाल्डोले रियललाई चार पटक युरोपिएन च्याम्पियन बनाएका थिए । जसमा उनले पछिल्ला लगातार तीन बर्ष त ह्याट्रिक नै गरेका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •