fbpx

ए’ डिभिजन लिगमा २८ विदेशी खेलाडीको सहभागिता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् ।

लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् ।

थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम ‘एनआरटी’, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् ।

अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल ‘बङ्गलादेश’, सिल्ला सुलेमाने ‘गिनी’, फोफाना ब्राहिमान ‘आइभरीकोस्ट’ र ओडेह ओलुवासोगो ग्लोरी ‘नाइजेरिया’ लाई क्लबमा भित्र्याएको छ ।

त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स ‘नाइजेरिया’ र पिटर सेगुन ‘नाइजेरिया’, मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी ‘नाइजेरिया’, अदेलाजा सोमिडे ओलुवाउम्नी ‘नाइजेरिया’ र ओलादिपो अफिज ओलावाले ‘नाइजेरिया’ तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा ‘क्यामरुन’, अर्नेस्ट टाम्पी ‘क्यामरुन’ र म्याक्सेल इलोन ‘क्यामरुन’लाई टिममा अनुबन्ध गरेको छ ।

ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी ‘नाइजेरिया’, ताजुदिन अदेकुन्ले बुसारी ‘नाइजेरिया’ र अबु करिम हामद सिया ‘घाना’, हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो ‘बुर्किना फासो’, दादी जुनियर वाम्बा ‘क्यामरुन’ र प्याट्रिक प्रिभाट गोहा ‘आइभरीकोस्ट’, जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल ‘नाइजेरिया’, अदामा डुम्बिया ‘माली’ र फोफाना फेडे ‘गिनी’, न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने ‘क्यामरुन’, मसुद ओपेएमी अग्बोला ‘नाइजेरिया’ र कुआसी जिन डिडियर इस्मेल योबोए ‘आइभरीकोस्ट’ र सरस्वती युवा क्लबले सोलो ‘नाइजेरिया’, कासी ‘नाइजेरिया’ र कुलिबाल ‘आइभरीकोस्ट’लाई क्लबमा भित्र्याएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ ।

तीन विदेशी खेलाडी अनुबन्ध गरेको अवस्थामा भने उक्त नियम लागू हुने छैन । राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् ।

फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार