fbpx

प्रिमियर लिगमा सिटीको जित, वेष्टह्यामसँग युनाइटेडको लज्जास्पद हार


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । तर म्यान्चेष्टर युनाइटेडले भने लज्जास्पद हार व्यहोरेको छ ।

सिटीले ब्रिंघटोनलाई २ शुन्य गोलले हराएको हो । सिटीलाई जिताउन रहिम स्टर्लिंग र सर्जियो अग्युरोले गोल गरे । जितपछि सिटी १९ अंकसहित केही समयका लागि लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल भने दोश्रो स्थानमा धकेलिएको छ ।

अर्को खेलमा म्यान्चेष्टर युनाइटेड भने वेष्ट ह्याम युनाइटेडसँग पराजित भएको छ । लण्डनमा म्यान्यु वेष्टह्यामसँग ३ एक ले पराजित भएको हो । पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गर्दै आएको म्यान्यु यो हारपछि झन् खस्किएको छ ।

पोग्बा, लुकाकु, सान्चेज जस्ता स्टार खेलाडी हुँदा पनि म्यान्युको खराब प्रदर्शनपछि प्रशिक्षक जोसे माउरिन्होको पद धरापमा पर्दै गएको छ ।

शनिबार राती नै भएका अरु खेलमा टोट्नह्याम, आर्सनल, एभरटन, लेस्टर सिटी पनि विजयी भएका छन ।

तपाईको प्रतिक्रिया