fbpx

नेइमारको २० औं मिनेटको ह्याट्रिकसँगै पीएसजीको शानदार जित


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेमाइरको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ ।गएराति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो ।

पेरिसमा भएको खेलमा घरेलु टोलीले २० औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । दुई मिनेटपछि नै उनले दोस्रो गोल गरे ।

३७ औं मिनेटमा काभानी र ४१ औं मिनेटमा डी मारियाले गोल गर्दै पहिलो हाफमा घरेलु टोलीलाई ४–० को अग्रता दिलाए । दोस्रो हाफको ७० औं मिनेटमा केलियन एम्बाप्पेले गोल गरे ।

चार मिनेटपछि भ्रमणकारी टोली रेड स्टारका मरिनले गोल गरेका थिए । तर, ८१ औं मिनेटमा नेइमारले ह्याट्रिक पुरा गर्दै पीएसजीलाई ६–१ गोल अन्तरको फराकिलो जित दिलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार