fbpx

यू–१८ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भुटानमा भैरहेको साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ ।

समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको नेपाली टोलीले सेमिफाइनलमा उपाधि दावेदार भारतलाई पेनाल्टी शुटआउटमा पराजित गरेपछि फाइनलका लागि उत्साहित छ ।

फाइनल खेलमा बंगलादेश बलियो दाबेदारको रुपमा देखिन्छ । किनभने, समूह चरणको खेलमा पनि नेपाल र बंगलादेश आमने सामने हुँदा नेपाल २–१ गोलले पराजित भएको थियो ।

बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो । नेपाली खेलाडी रेखा पौडेल अहिले उच्च लयमा छिन् ।

पहिलेसम्म ७ गोल गरेकी उनी प्रतियोतिगतामा धेरै गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छिन् । फाइनल अघि तीन बजेदेखि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार