fbpx

एफए कपको चौथो चरणमा आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्ने


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । दुई इंग्लिश क्लब आर्सनल र म्यानचेस्टर युनाइटेड इंग्लिश एफए कप फुटबलको चौथो चरणमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

इंग्लिश फुटबलले सार्वजनिक गरेको चौथो चरणको खेल तालिका अनुसार आर्सनल र युनाइटेडबीच भिड्ने भएका हुन् । खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।

आर्सनल र युनाइटेड सर्वाधिक पटक एफए कप जित्ने टोली हुन् । आर्सनलले १३ र युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेको छ । यस्तै म्यानचेस्टर सिटीले बर्नलीलाई प्रतिद्वन्दी पाएको छ ।

टोटेनहमले क्रिस्टल प्यालेससंग खेल्नेछ । चेल्सीले भने सेफिल्ड र लुटोनबीचको विजेतासंग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार