ए डिभिजन लिग आज समापन हुँदै, इतिहास रच्ला त मनाङले ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ए डिभिजन लिग फुटबलको ४२ औँ संस्करण आज समापन हुँदै छ । ५ बर्षपछि भएको लिग फुटबलमा ३ बिभागीय सहित १४ टोली सहभागी छन् ।

रेलिगेशन नहुने लिगमा आजका अन्तिम २ खेल पछि ९१ खेल लामो लिग औपचारिक रुपमा सकिनेछ । यो सिजनको उपाधी मनाङ मस्र्याङदीले हात पारेको छ ।

संकटा दोस्रो र थ्रीस्टारले तेस्रो स्थानमा कायम रहेका छन् । आर्मी चौथो, एपीएफ पाँचौ र नेपाल पुलिस छैटौं भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार एनआरटी र ब्रिगेड ब्वाइजबीचको खेल हुनेछ भने अर्को खेलमा लिगमा अहिलेसम्म अपराजित यात्रा कायम राखेको मनाङ अन्तिम खेलमा फ्रेण्डस्विरुद्ध मैदानमा उत्रिनेछ ।

लिग च्याम्पियन बनिसकेको मनाङ यो खेलमा पनि जित हात पार्दै इतिहास रच्ने दाउमा देखिनेछ । खेल एन्फा मैदानमा हुनेछ । सो खेलपछि पुरस्कार प्रदान गरिनेछ । लिगको विजेताले ५० लाख, दोस्रो स्थानकोले ३५ लाख, तेस्रोले २५ लाख पुरस्कार पाउनेछन् ।

त्यस्तै चौथोले १५ लाख, पाँचौंले ७ लाख र छैटौंले लाख रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही एक–एक थान मोटरसाइकल पुरस्कारकोव्यवस्था छ । लिग गत असोज १३ गते सुरु भएको लिग ३ महिना १० दिनपछि सकिन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार