fbpx

त्रिभुवन आर्मी फाल्गुनन्द गोल्डकपको फाइनलमा


Share This

नेपालबहस संवाददाता    

पाँचथर । फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीले उपाधिका लागि झापा ११ सँगको भीडन्त पक्का गरेको छ। फाइनल यात्राका लागि आर्मीले अाज फिदिम माविको खेल मैदानमा पाहुना टोली रोयल फुटबल क्लव दार्जीलिङ भारतलाई एकका बिरुद्ध दुई गोलले स्तब्ध पार्‍यो आर्मीलाई जीताउन खेलको १६ औँ मिनेटमा राजेश पौडेल र ८९ औँ मिनेटमा एरिक विष्टले गोल गरे। दार्जीलिङका लागि भने २१ औँ मिनेटमा सिद्धान्त क्षत्रीले गोल गरे। खेलको म्यान अफ् दि म्याच आर्मीका एरिक विष्ट बने। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे। अब उपाधिका लागि आर्मीले सोमबार झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले चारलाख र उपविजेताले दुईलाख रुपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार