fbpx

हिरो गोल्डकप : नेपाल म्यानमारलाई कडा चुनौती दिने तयारीमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज ‘शनिबार’ म्यानमारसग खेल्दैछ ।भारतले आयोजना गरेको फुटबलमा साफको तयारीमा रहेको नेपाल प्रतियोगिता खेल्न भारत पुगेको हो ।

वरियतामा आफु भन्दा माथि रहेको म्यानमारसंग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । उडियास्थित भुवनेश्वरमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवाँ ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

पछिल्लो समय नेपाल र म्यानमार सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटको पहिलो चरणमा भिडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार