fbpx

झापा गोल्डकपको उपाधि त्रिभुवन आमीलाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो ।

उपाधिसँगै आर्मीले १२ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । झापाले भने यस पटक पनि उपाधि जित्न सकेन । २२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्री किकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । नवयुग श्रेष्ठले प्रहार गरेको बल किलियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए । तर ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो ।

फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए । ५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ७५ औं मिनेटमा नबयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए ।

८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो । त्यसपछि पनि आर्मीले गोल थपेको थियो ।

टेकबहादुर बुढाथोकीले इन्ज्योरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ को अवस्थमा लगेका थिए । अन्तिम समयमा झापा ११ ले थप एक गोल गर्दै अन्तर ५–३ मा झारेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार