फिफा वरियतामा महिला टिमको फड्को



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । महिलाको फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०८ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेपछि नेपालले वरियतामा सुधार गरेको हो ।

दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ६३ औं स्थानमा रहेको छ । दक्षिण एसियामा बंगलादेश १२७ औं, श्रीलंका १३४ औं, माल्दिभ्स १३६ औं र भुटान १५९० औं स्थानमा रहेको छ ।

नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, इंग्ल्यान्ड तेस्रो,फ्रान्स चौथो र क्यानडा पाँचौ स्थानमा रहेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार