बडी बिल्डर प्रधान बने विश्व च्याम्पियन


Share This

नेपालबहस संवाददाता    


काठमाडौं । नेपाली बडि बिल्डर महेश प्रधान विश्व च्याम्पियन बनेका छन्।

थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा महेशले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका हुन्।

विश्व च्याम्पियनसिपमा नेपाली बडि बिल्डर विजेता बनेको यो पहिलोपटक हो।

यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए।

विश्व च्याम्पियन घोषणा भएपछि महेश निकै भावुक बनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार