fbpx

एन्डी मर्रेले खेल जीवनबाट सन्यास लिने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ब्रिटिस नम्बर एक टेनिस खेलाडी एन्डी मर्रे टेनिस खेल जीवनबाट सन्यास लिने भएका छन् । मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् ।

अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण सन्यासको सोच बनाएको बताए । मर्रेले अष्ट्रेलिया ओपन अन्तिम खेल हुने समेत संकेत गरेका छन् ।

‘म पक्का छैन यो दुखाईबीच म अर्को ४-५ महिना खेल्नेछु, पुर्व विश्व नम्बर एक मर्रेले भावुक हुँदै भने’ यस्तै मर्रेले आफु अहिले ठिक भएको तर संघर्ष गरिरहेको बताएका छन् । पछिल्लो २० महिनायता हिप इन्जुरीको कारण मर्रे समस्यामा रहेका छन् । तर, मर्रेले अर्को साता सुरु हुने अष्ट्रेलियन ओपन खेल्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार