बाग्लुङमा २२औँ राष्ट्रिय महिला भलिबल हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल भलिबल संघ एनभीएले आयोजना गर्ने २२औँ महिला राष्ट्रिय भलिबल आगामी असोज २३ गतेदेखि हुने भएको छ। बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाको सहयोगमा गल्कोटमा २३ देखि २७ गतेसम्म प्रतियोगिता हुने एनभीएले जनाएको छ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी कूल १० टिमले सहभागीता जनाउनेछन्। एनभीएले प्रतियोगिताको लागि टिम छनोट गरी तयार पार्न ७ वटै प्रदेश र विभागीय टोलीलाज्ञ पत्राचार गरिसकेको जनाएको छ।

उक्त प्रतियोगितापछि २४ खेलाडी छनोट गरी महिलाको राष्ट्रिय टिम निर्माण गर्न प्रशिक्षण सुरु गर्ने एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले बताए।

प्रतियोगिताको विजेताले नगद ५० हजार हात पार्नेछन् भने उपविजेताले ३० र तेस्रो हुनेले २० हजार पाउनेछन्। यसैगरी उक्तृष्टले खेलाडीले नगद १० हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले ५५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालनका लागि नेपाल भलिबल संघले बाग्लुङ भलिबल संघलाई ६ वटा बल, एउटा नेट र १ लाख रुपैयाँ सहयोग गर्नेछ। यसका साथै आजै नेपाल भलिबल संघले बाग्लुङ भलिबल संघसँग प्रतियोगिता आयोजनाका लागि सम्झौता पनि गरेको छ।

तपाईको प्रतिक्रिया