विश्वकप फुटबलमा चलिचित्र, खेलकुद तथा संगीत क्षेत्रकाहस्तीहरुको कुम्भ मेला


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वकप फुटबलको रौनकमा राजधानीको दरबारमार्गमा विभिन्न विधाका व्यक्तिहरु एकै स्थानमा भेला भएर विश्वकप फुटबलमा रमाएका छन् । चलचित्र तथा खेलकुद क्षेत्रका चर्चित अनुहारहरु भुवन केसी, अनमोल केसी देखि दिपक बिष्ट, हरी खड्का, राजेश पायल राई, रुबी राणा, लगायतलाई एकै स्थानमा जमघट गराएर किंग्स लाउञ्जले भव्य रुपमा विश्वकप फुटबलको उद्घाटन खेल देखाएको हो ।

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सबैभन्दा धेरै अवार्ड पाएकादिपक बिष्ट, नेपाली फुटबलमा धेरै गोल गरेका हरी खड्का आकर्षणमा रहेका थिए । त्यैगरी नेपालीफुटबल टीमका कप्तान बिराज महर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथुपनि विश्वकप हेर्न किंग्स लाउञ्ज पुगेका थिए ।

हरी खड्काले नेपालमापहिलो पटक विभिन्नविधाका राष्ट्रिय व्यक्तित्वहरु एकै स्थानमा जमघट भएर विश्वकप फुटबललाई भव्य रुपमा स्वागतगर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसै गरी दिपक बिष्टले किंग्स लाउञ्जले सबै क्षेत्रका व्यक्तित्वलाई एकै स्थानमा जमघट गराएको भन्दै आभार प्रकट गरे ।

अखिल नेपाल फुटबल संघका कार्यवाहकअध्यक्ष कृष्ण ब थापाका साथै उपेन्द्रमान सिंह, मधुसुधन उपाध्याय, पिताम्बर तिम्सिना पनि कार्यक्रममा उपस्थित थिए । क्रिकेट, व्याडमिण्टन, कराँते लगायत खेलका राष्ट्रिय खेलाडी तथागोल्ड मेडलिष्टले पनि विव्कपको उद्घाटन खेल किंग्स लाउञ्जमा नै हेरेका छन् । महिला खेलाडीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र क्षेत्रका हस्ती भुवन केसी तथा अनमोल केसीका साथै राजेश पायल राई, बद्रीपंगेनी, पहिलो  मिस नेपाल रुबी राणा लगायतकाचर्चित अनुहार सहभागिभए । १९७४ एडीका एड्रिन प्रधानकातथा समुहको विशेष सांगितक प्रस्तुतीले विश्वकपको उद्घाटन शत्रलाई विशेष बनाएको थियो ।

विश्वकप फुटलको उद्घाटन शत्रहेर्न किग्ंस लाउञ्ज पुगेका सबै विधाकाचर्चित अनुहारलाई आआफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

लाउञ्जले संगीतमाअधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षितगर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु प्रदर्शन गरिरहेको छ । लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीत प्रमी तथा खानाका पारखीहरुको नियमित रुपमा विशेष जमघट हुनेछ । उक्त अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवाप्रदान गर्ने लाउञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State