विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा


Share This


नेपालबहस संवाददाता    86 Views

काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबारबाट सुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ ।

फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।

बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भने यी दुई टिम तीन पटक भिडेका छन् र तीनवटै खेलमा फ्रान्सले वाजी मारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार