विश्वकप फाइनल : पहिलो हाफमै फ्रान्सको अग्रता !


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, ३१ असार । विश्वकप फुटबलको फाइनलमा अहिले फ्रान्स र क्रोएसिया खेलिरहेका छन् । आत्मघाती गोलबाट अग्रता लिएको फ्रान्सले पहिलो हाफमा अग्रता दोब्बर पारेको छ ।

क्रोएसियाका मारियाले आत्मघाती गोल गर्दा इभान पेरिसिचले खेल बराबरीमा ल्याएका थिए । तर भिडियो प्रविधिमा फ्रान्सले पाएको पाएको पेनाल्टीमा ग्रिजमेनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन ।

खेल निकै प्रतिष्पर्धात्मक चलिरहेको छ । यद्यपी क्रोएसियाले केही राम्रा अवसरलाई खेर फालेको छ ।

तपाईको प्रतिक्रिया