fbpx

घटस्थापनाको शुभ साइत कति बजे ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको बडादसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ। यस पटक दसैं कार्तिक २ गते परेको छ।

यस्तै घटस्थापनाको साइत बिहान ७ : १५ बजे रहेको छ। भोली बुधबार प्रतिपदादेखि नवरात्र सुरु हुँदैछ। नवरात्रको पहिलो दिन भोली ‘बुधबार’ बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका सचिव ढुंगेलले बताए।

यस पटक फूलपाली असोज ३० गते परेको छ भने महानवमी कार्तिक १ र विजया दशमी २ गते परेको छ।

तपाईको प्रतिक्रिया