समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली


Share This

नेपालबहस संवाददाता    

नेपाल प्रहरीले मनायो ६३ औं स्थापना दिवस

काठमाडौं । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस बिहीबार एक कार्यक्रम गरी मनाएको छ । आज विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा रहेको बताएका छन् । समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा एकदुई जना खराव हुँदैमा सिंगो संगठन खराव नहुने उद्घोष गरेका छन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित भए पनि दिवसका अवसरमा सम्बोधन गरेनन ।

पूर्व गृहमन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु सहभागि भएको कार्यक्रममा जिम्मेवारी निर्वाहका क्रममा साहदत प्राप्त गर्ने कर्मठ सेवकहरुप्रति श्रद्धा व्यक्त गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार