दशाको जङ्गलमा दशैंको आगमन


Share This

नेपालबहस संवाददाता    

नेपालबहस सम्पादकीय

दशैंको सन्दर्भले एउटा काब्यांशलाई सम्झिन प्रेरित गर्दछ— चाँदनी रातमा वर्षात खराब लाग्दछ – घरमा लाश छ भने जन्ती खराब लाग्दछ – मनमा चिन्ता र तनाब छ भने हे मित्र, हाम्रा हरेक खुसीयाली खराबै खराब लाग्दछ……।

जता हे¥यो उतै लथालिङ्ग, जसको हेरे पनि सबैको मन भरङ्ग, चालु राजनीतिले निम्त्याएको असुरक्षा र अन्योलग्रस्त समाज र भित्रभित्रै अर्को द्वन्द्वको तयारी भइरहेको लाग्ने वर्तमान परिवेशमा नेपालीमात्रका लागि दशैं खुशीयालीको पर्वभन्दा बढ्ता दशा र संघर्षको रुपमा आएको महसुस भइरहेछ ।

विगतमा बलीका लागि मार हान्न हिच्किचाउने नेपाली वस्तीका आँगन–आँगन, कान्लाकान्लामा मान्छेले मान्छेको मार हानेको विगत इतिहास र त्यस्तो इतिहास रचेकाहरूको लोकतान्त्रिक आवरणमा शासन, १० वर्षभरि पोखिएको आलो रगतले लेखिरहेको परिवेशमा पूजा गर्नकै लागि उध्याइएका हतियार देख्दा पनि मानव मन आतङ्कित र उद्वेलित हुन्छ ।

दशैँलाई नेपालीमात्रले विजय उत्सबका रुपमा विजयी मानसिकताका साथ मनाउन पाउनुपर्ने हो, तर आफ्नै पराजित मानसिकतामा जनताको ध्यान हराएको छ । छाडा राजनीतिले निम्त्याएको अस्तब्यस्तताको परिणति आकासिएको बजार भाऊ र बढ्न नसकेको जनताको आम्दानी एवं तीब्र ह«ासोन्मुख क्रयशक्तिले पर्वहरू धक फुकाएर मनाउने होइन, पर्वहरूलाई टार्ने, पन्छाउने र उम्किने जुक्ति नपाएर मात्र विवशताका साथ मनाउनु परेको लाचारी र रुन्चेहाँसो झल्किन्छ ।

‘आमुल परिवर्तन’ का नाममा हिँसा र अपराध पुरस्कृत हुँदै अपराधीहरू शान्तिपूर्ण राजनीति र सत्ताका सञ्चालक भएपछि जे हुनुपर्ने थियो नेपालले त्यही भोगिरहेको छ, रातभरि डकैती गरेर सवेरै भालेको डाकसँगै भेष बदलेर जोगीको रुपमा यज्ञमा सरिक हुन पुगेको चरित्रलाई सत्तामा देख्नुपर्दा ।

विगत ६ महिनामा मात्र बजारको महँगी ४० प्रतिशत बढिसकेको छ । जीवनमा सँधै दशैँको उल्लास पाइरहेको वर्गलाई होइन, श्रमजीवी, गरिब र दुःखीहरूका लागि नयाँ आशा र प्रेरणा बनेर आउनुपर्ने दशैँ उल्टै उनीहरूको अतिरिक्त बोझ बनेर आइरहेको छ ।

यस्तो परिदृश्य मुलुकले थेग्नै नसक्ने परिवर्तन र त्यसका लागि गरिएका अनेक अपवित्र र आपराधिक हर्कतले सृजना गरेको वातावरण हो, जहाँ राजनीति नै सबभन्दा ठूलो दोषी रहेको छ । विकसित समाजमा राजनीति सबै समस्या समाधानको माध्यम हुने गर्छ तर नेपालमा हरेक समस्याको जरो राजनीति हुने गरेको छ । झन् आजकाल त दिनहूँ बालिका र किशोरीको बलात्कार तथा हत्याका घटनाहरूले उल्लेखित १० वर्षे रक्तपातपूर्ण द्वन्द्वले हुर्काएको अपराधलाई सम्झाइदिन्छ ।

‘आमुल परिवर्तन’ का नाममा हिँसा र अपराध पुरस्कृत हुँदै अपराधीहरू शान्तिपूर्ण राजनीति र सत्ताका सञ्चालक भएपछि जे हुनुपर्ने थियो नेपालले त्यही भोगिरहेको छ, रातभरि डकैती गरेर सवेरै भालेको डाकसँगै भेष बदलेर जोगीको रुपमा यज्ञमा सरिक हुन पुगेको चरित्रलाई सत्तामा देख्नुपर्दा । यस्तै प्रवृत्ति र गतिविधिको दबदबा भोग्नुपर्दा नेपालीमात्रले आगामी दिनमा अझ गम्भीर संकट र दुर्दशा भोग्नुपर्ने अवश्यमभावी छ ।

आज राष्ट्रका अवयवहरूलाई मरणासन्न बनाउने काम भइरहेको छ, जुन अवयवसँग जनजीवनको प्रत्यक्ष सरोकार रहने गर्छ । दुईतिहाई बहुमतको सरकार भएर पनि मन्त्रीहरूकै संलग्नता र अभयदानमा चलिरहेको कहालीलाग्दो भ्रष्टाचार, मौलाइरहेको अपराध श्रृङ्खला र अपराधीको उन्मुक्ति, खतरनाक रुपले पालिएको दण्डहिनता, सर्वसत्तावादी राजनीतिको दबदबामा परेर सत्तारुढ पार्टीको भरौटे क्लबजस्तो हुनपुगेको निजामति प्रशासन, लाशझैँ बनाइएका संवैधानिक अङ्गहरू, आमजनता लाभान्वित हुनुपर्ने विकासलाई गति दिन नसकेको सरकारी प्रवृत्ति इत्यादिले व्यवसायी बर्गलाई सबभन्दा भयानक मरणासन्न अवस्थामा पु¥याएको छ ।

यातायातको सिण्डिकेट तोड्ने भनी फलाकिरहेको सरकारको पालामा दशैँको छुट्टीमा बस चढेर घर जान चाहने ठूलो जनसमुदायले पैसा तिरेर टिकट पाउन पनि सकिरहेका छैनन् । योभन्दा बिडम्बना अरु के हुनु ? परिवर्तन र ‘नयाँ नेपाल’ का नाममा देशलाई द्रुत गतिमा विश्वको सबभन्दा गरीब मुलुकमा झारिँदैछ ।

मुलुकले संविधान त पायो तर राजनीतिले संवैधानिक निष्ठा र संविधानवाद लिन चाहेन । संविधानले खोजेको लोकतान्त्रिक गणतन्त्र अनुकूलको सहज संस्कार तथा नैतिक मूल्य र मान्यताले ओतप्रोत राजनीति शून्य भएको वर्तमान अवस्थामा काँग्रेस र ने.क.पा. जस्ता ठूला लोकतान्त्रिक पार्टीहरूसँग नै सिङ्गो मुलुकको त के आफ्नै पार्टीभित्र एकता र अमनचैन दिलाउने मार्गचित्र नभएको रित्तो राजनीति नेताहरूका चटके र ‘पटके’ कुरामै अल्मलिइरहेको छ । नेताहरू फगत लोकतान्त्रिक गणतन्त्रका रित्ता ढ्वाङ् बन्नपुगेका छन् । त्यसैले जनताको दुईतिहाई समर्थनको शक्तिशाली हुनुपर्ने सरकार पराजित मानसिकता र स्खलित दुर्दशा भोगिरहेको छ ।

पार्टीहरूले अहिले अभ्यास गरिरहेको राजनीति लोकतन्त्रको धरातलमा छैन, न त संविधानको भावनासँग मेल खान्छ । यसलाई लोकतान्त्रिक अभ्यास पनि भनिदैन । यो अभ्यासद्वारा अनैतिक राजनीतिका छिद्र पहिल्याएर संविधानलाई नै लत्याउन खोजिँदैछ । यसको अर्थ लोकतन्त्रलाई चाहिएको सशक्त पद्धति स्थापित गर्ने होइन शासनमा बसेको व्यक्ति नै सशक्त हुन खोज्ने मनोवृत्तिको दबदबा छ ।

प्रतिबद्धताका नाममा कार्यान्वयन नहुने जाली तमसुक थपिरहने सत्तारुढ ने.क.पा.को लोकतान्त्रिक राजनीति किमार्थ होइन । जिम्मेवार, भद्र र इमानदार मानिसले गर्ने ब्यवहार पनि होइन । तर त्यस्तै बेइमान गतिविधि भइरहेको छ, जसको लाक्षणिक विशेषता हो अन्ततः तानाशाह जन्माउने कसरत । लोकतान्त्रिक संविधानको सही पालनाबाट जङ्गबहादुर जन्मिने होइन, जङ्गबहादुरको उदयका लागि विधिको शासनलाई निर्ममतार्पूक ध्वस्त गर्नुपर्ने हुन्छ, जो भइरहेको छ ।

मुलुक राजनीतिक रुपमा अफगानिस्तानको स्थितिमा र आर्थिक रुपमा भेनेजुएला र जिम्बाब्बेको गतिमा पुगेको आज सर्वत्र चर्चा छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अहोरात्र घन्काइरहेका नेताहरूबाटै मुलुुकका समस्या झनै कचल्टिँदै गएका हुन् । तै पनि नेताहरूमा एकरत्ति चिन्ता र ग्लानी छैन र अफगानिस्तान हुनबाट बचाउने कुनै खाका वा रोडम्याप पनि छैन

‘जङ्गबहादुर’ जन्मेला वा नजन्मेला, तर प्रवृत्तिगत कसीमा हेर्दा जङ्गबहादुर मनोवृत्ति सबै पार्टीका मूर्धन्य नेताहरूभित्र मात्रात्मक रुपमा जन्मेको मात्र छैन, हुर्किसकेको छ र त्यस्तो जङ्गबहादुरले क्रमशः अनावरण हुन खोजिरहेको छ । पार्टीहरू गणतन्त्रवादी हुँदाहुँदै जङ्गबहादुर जन्माउने आमा र सुडेनी भएको अवस्थामा जनता राजतन्त्रवादी हुनथाले भने त्यो अर्को बिडम्बना होला । किनकि यहाँ गणतन्त्रवादीका कारण बढिरहेका राजावादी देखिन्छन् भने राजावादी राजनीतिका स्वयंघोषित ठेकेदारहरूका कारण गणतन्त्रवादीहरू बढिरहेका छन् । यो अवाञ्छित अवस्थाले अर्को द्वन्द्व निम्त्याउने अवश्यमभावी छ ।

मुलुक राजनीतिक रुपमा अफगानिस्तानको स्थितिमा र आर्थिक रुपमा भेनेजुएला र जिम्बाब्बेको गतिमा पुगेको आज सर्वत्र चर्चा छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अहोरात्र घन्काइरहेका नेताहरूबाटै मुलुुकका समस्या झनै कचल्टिँदै गएका हुन् । तै पनि नेताहरूमा एकरत्ति चिन्ता र ग्लानी छैन र अफगानिस्तान हुनबाट बचाउने कुनै खाका वा रोडम्याप पनि छैन । असम्भव र आडम्बरी कुरामै अमूल्य समय खेर गएको गएकै छ ।

राष्ट्रियता कमजोर भएको छ, लोकतन्त्र घिटिघिटी अवस्थामा पुगेको छ, सामाजिक सद्भाव र अन्तजार्तीय सहमति ध्वस्त बनाइएको छ, राष्ट्रिय वजेट अनिश्चिततातिर धकेलिएको छ, स्थायी सरकार भनिएको कर्मचारी संयन्त्र अतिराजनीतिकरण हुँदै पंगु बनाइएको छ, विदेशनीति समाप्त भएको छ । यस्तो शुन्य अवस्थामा नयाँ शक्तिको उदय एउटा सम्भावनामात्र होइन, भोली गएर जनताको चाहना हुन बेर छैन । त्यस्तो शक्ति के हुनसक्छ, त्यो अहिले नै यसै भन्न सकिन्न, समयले आफै बताउने छ ।

अत्याचारको विगविगीमाथि बिलौना गरेर होइन, संघर्षका लागि जुट्न शक्ति सञ्चय गरी कम्मर कसेमा विजय लोकतन्त्रकै हुने सुनिश्चित छ । तर दुर्दशाका स्रोतसँग लोकतन्त्रवादीले मोलाहिजा गरेर न त्यस्तो ताकत हासिल हुनसक्दछ, न त आफ्नो औचित्य स्थापित हुन नै ।

असत्यले सत्यमाथि मच्चाइरहेको दबदबाको यस स्थितिमा दशैँलाई सत्यको विजय पुनःस्थापना गर्ने पर्वका रुपमा लोकतन्त्रवादीहरूले दुर्गाशक्ति जगाउन सक्नु पर्दछ । अत्याचारको विगविगीमाथि बिलौना गरेर होइन, संघर्षका लागि जुट्न शक्ति सञ्चय गरी कम्मर कसेमा विजय लोकतन्त्रकै हुने सुनिश्चित छ । तर दुर्दशाका स्रोतसँग लोकतन्त्रवादीले मोलाहिजा गरेर न त्यस्तो ताकत हासिल हुनसक्दछ, न त आफ्नो औचित्य स्थापित हुन नै ।

सत्तामा बसी लोकतन्त्रको रामनामी ओडेर सर्वसत्तावादको अभ्यास गर्नाले नै संविधानको शासनमा भवितब्य आइलागेको हो । लोकतन्त्रको विश्वब्यापी युगमा नेपालले लोकतन्त्रवादी पार्टीलाई सत्ताबाट गुमाएर प्रतिपक्षमा पु¥याइनुका कमजोरीबाट सर्वसत्तावादी प्रवृत्तिलाई हौसला मिलेको हो । कांग्रेसले जुन बेला २०४६ सालको जनआन्दोलनका सारा उपलब्धीलाई तिलान्जली दिएर माओवादीको उलामालामा लाग्यो त्यहीँदेखि नेपाल, नेपाली र नेपाली कांग्रेसले भलाई नपाएका हुन् ।

अहिले पनि कांग्रेसका उपल्लो तहका नेताहरू सत्तारुढ ने.क.पा.को झगडाको फाइदा आफ्नो पोल्टामा आउला भनी बाटो हेरिरहेका छन् । दुईतिहाई बहुमतको आडमा दबदबा मच्चाइरहेको सर्वसत्तावादी कम्युनिस्ट शासनप्रतिको यो अपेक्षा कांग्रेसको अकर्मन्यताको द्योतक हो । कांग्रेसले यो कटुयथार्थलाई जति चाँडो मार्गदर्शनका रुपमा जति बुद्धिमत्तापूर्वक आत्मसात गर्नसक्छ, त्यति नै पार्टीभित्र नयाँ वातावरण बन्नसक्छ । कांगेसका नेताहरूमा चेत खुल्ने र मति सुध्रिएको दिन नै जनताका लागि दशैँ आएको अनुभूति हुनथाल्ने छ ।

राष्ट्रिय परिस्थितिलाई जतिसुकै बिगारिएको होस्, तर दशैँजस्ता महान महत्व बोकेका चाडपर्व गच्छेअनुसार मनाउने परम्परा कायम राख्नु नेपाली मानवीयता हो । किनकि ‘दशैँ बहिष्कार’ मा बसेको क्रिस्चियन षड्यन्त्रको राजनीतिक अंग भइसकेको छ भने दशैँको उपेक्षा आफ्नै सांस्कृतिक धरोहरहरूको उपेक्षा हुनेछ ।

त्यसैले यसलाई भड्किलो होइन सादगीपूर्ण र खर्चिलो होइन सबैले धान्नसक्ने बनाऔँ । लोकतन्त्रवादीहरूले असत्यमाथि विजय हासिल गर्ने शक्तिसञ्चयको संकल्पका लागि दशैँ मनाऔँ र आपसमा भेटघाट र आत्मीयताको नवीकरण गरेर राष्ट्रिय एकताको बाटोमा अगाडि बढ्न सकौँ । बडादशैँ २०७५ को शुभउपलक्ष्यमा नेपाल बहस डटकमका सम्पूर्ण पाठक एवं समस्त नेपालीमा यही नै हाम्रो उत्तम शुभकामना छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार