रामेछापमा बस दुर्घटना एकको मृत्यु, २९ जना घाइते


Share This

नेपालबहस संवाददाता    

रामेछाप । काठमाडौंबाट रामेछापको खाँडादेवी गाउँपालिकाको गाल्वातर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा ३ ख ४६७५ को बस खाँडादेवी गाउँपालिका-३ भिरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो ।

मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइते मध्ये १० जनको अवस्था गम्भीर रहेको बताइएको छ ।

विपरीत दिशाबाट आएको बसलाई साइड दिनेक्रममा बस सडकबाट करिब ४० मिटर तल खसेको छ । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार