रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते


Share This

नेपालबहस संवाददाता    

रामेछाप । रामेछापमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दसैंको टिका लगाएर मन्थली नगरपालिका वडा नं ४ सालुको कुकुरकाटे भञ्ज्याङ्गबाट रामेछाप नगरपालिका वडा नं १ गोठगाउँतर्फ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

रामेछाप नगरपालिका वडा नं २ को गोगनेभिरमा आज साँझ दुर्घटना हुँदा जीपमा सवार २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान जानेमा रामेछाप नगरपालिका वडा नं १ बस्ने ४० वर्षीय दुर्गाबहादुर कार्की र ६० वर्षीया ललीमाया कार्की रहेका छन् । उनीहरु आमाछोरा हुन् ।

गाडीमा सवार अन्य ७ जनालाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि मन्थलीतर्फ लैजान लागिएको छ । उनीहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

जीपमा ९ जना यात्रु सवार थिए। घटनाको जानकारी पाएसँगै मन्थलीबाट प्रहरी निरीक्षक शेख अदालतको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार