आइतबार राति र सोमबार बिहान मृघशिरा उल्कापात हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । कात्तिक ४ गते भोली आइतबार राति र सोमबार बिहान ‘मृघशिरा उत्कापात’ हुने भएको छ। ती उल्कापातको स्रोत ओरायन ‘मृघशिरा’ तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावरु वा मृघशिरा उल्कावर्षा नाम दिइएको हो।

उल्कापात नेपालको समयअनुसार कार्तिक ४ गते राति १० : ४५ मा देखिन थाल्नेछ। र कार्तिक ५ बिहान ५ : ४५ बजेसम्म देख्न सकिनेछ।

उल्का वर्षा हेर्न लागि ३ : ४५ पछिको समय उत्कृष्ट हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी ‘नासो’का अध्यक्ष सुरेश भट्टराईले बताए। त्यो समयमा धेरै नै उल्कावर्षा देखिने हुनाले सर्वसाधारणले खुला आँखाले हेर्न सजिलो हुन्छु, उनले भने।

अत्यधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ। ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने देखिन्छ।

के हो उल्का वर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ। जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्।

यसैलाई बोलीचोलीको भाषामा उल्कापात भनिन्छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ।

के हो हेलीको पुच्छ्रेतारा ?
बेलायती खगोलशास्त्री एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको थिए।

उनको सम्मानमा ‘हेलीको पुछ्रेतारा’ भनिएको हो। यो एक नियमित पुच्छ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ। सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार