भारतबाट ४० जना नेपाली महिलाको उद्धार !


Share This

नेपालबहस संवाददाता    

बाँके । भारतका विभिन्न ठाउँमा बन्धक बनाएर राखेका ४० जना नेपाली महिलाको उद्धार भएको छ । भारतको राजधानी नयाँ दिल्ली र गाजियावादबाट उनीहरुलाई उद्धार गरी आजै बाँकेको नेपालगंज ल्याएको माइती नेपालका क्षेत्रिय संयोजक केशव कोइरालाले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लाका ४० जना महिलालाइ उद्धार गरि ल्याएपछि अहिले बाँके प्रहरी र माइती नेपालबीच उनीहरुलाई सम्बन्धित जिल्लाको माइती नेपालमा पठाउन छलफल भैइरहेको छ ।

भातरिय स्थित दुवावास कम्पनी, माइती नेपाल र माइती नेपाल इन्डियाकोे सहकार्यमा दिल्लीका विभिन्न स्थानबाट उद्धार गरी भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई आज नेपाल ल्याइएको संयोजक कोइरालाले बताए ।

दिल्लीको जेवि रोडमा ४ बर्षदेखि कोटीमा बन्धक रहेका ३ जनालाई बिशेष सुचनाका आधारमा उद्धार गरिएको हो । अन्य ३७ जनालाई तेस्रो देश श्रीलंका सहित खाडी मुलक पठाउने भन्दै दलालले दिल्ली पुराएको माइती इन्डियाका संयोजक बालकृष्ण पाण्डेले बताए । दिल्लीमा केदार भनिने नेपाली दलाल पक्राउ परेपछि उनले दिएको सुचनाका आधारमा उनीहरुको उद्धार गरिएको हो ।

प्रत्येकबाट ४ लाखका दरले रकम लिएको खुल्न आएको छ । उद्धार गरिएका महिला सिन्धुपाल्चोक ताप्लेजुङ, झापा मोरङ सुनसरी, कपिलवस्तु दाङ , दैलेख र बाँके लगायतका जिल्लाका रहेका संयोजक कोइरालाले बताए । उद्धार गरिएका महिला २१ देखि ४२ बर्ष उमेर समुहका रहेका छन् ।

वैदेशिक रोजगारका लागि खाडी मुलुक जान हिँडेका ३७ र तीन जनालाई कोठीबाट उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार