जो सँधै अस्थिर र विस्थापित उसैको नाम स्थापित !


Share This

नेपालबहस संवाददाता    

राजनीतिक अभियन्ता र स्वप्नद्रष्टा केशव स्थापितबारे केही रोचक–घोचक सन्दर्भ

¤नेपाल बहस टिप्पणी¤

भन्नुपर्ने ‘स्थपति’हो ‘स्थापित’होइन । जनजिब्रोमा जे सजिलो भयो त्यसै भनिदिएको हो । जिब्राको सजिलो खोजेर बोल्ने हुँदा अपभ्रंश भएर अनर्थ भएको चाल नपाएर पो मा¥यो !

जस्तो कि एउटा थर छ, ‘कंसाकार’ ! शब्दको ठीक अर्थ लगाउन थाल्ने हो भने ‘कंसको आकार भएको’ हुन पुग्ने ! कंस भनेको भगवान श्रीकृष्णका मामा तर दुष्टताको उपमा बनेका राक्षस ! अनि कंसाकार भन्न थालेपछि त्यसको अर्थ र आशय के होला ? हुनुपर्ने ‘काँस्यकार’ अर्थात काँस धातुको कलात्मक र सिर्जनशील काम गर्ने एक प्रसिद्ध नेवार जातिको थर । अर्को थर छ ‘राजकर्णिकार’ । शब्दको अर्थ र आशयमात्र लगाउने हो भने यसको अर्थ राजाकहाँ करणी गर्ने हुन्छ । कस्तो आपत ! हुनुपर्ने ‘राजकर्णकार’ हो । राजकर्णकार पनि प्रसिद्ध नेवार जातिको सीपमूलक एवं प्रतिष्ठित थर ।

त्यसैगरी स्थापित पनि ‘स्थपति’हो । प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार यसको अर्थ हुन्छ– १. कुनै राज्यको राजा । २. थपालोको स्वामी, राजा । ३. खले टाकुरो वा भुरे राज्यको मालिक, रजौटा । ४. गाउँ–ठाउँको प्रमुख, मुखिया, प्रधान । ५. डकर्मी । ६. इन्जिनियर । राज्यव्यवस्थाका लागि स्वर्णयुग मानिएको लिच्छबीकालमा रचना गरिएको यो थरधारी शब्द (स्थपति), सेनामा पनि ‘स्थपति विभाग’ का रुपमा छ ।

नेवारका थरधारी महानुभावहरू,खासगरी स्थापित, कंसाकार र राजकर्णिकारहरूले यहाँ उठाइएका प्रसङ्गलाई अन्यथा मान्नुभयो भने पहिले नै क्षमायाचना छ । खैर । यिनै स्थपतिबाट अपभ्रंश भएको थरका मालिक केशब स्थापित आज फेरि चर्चामा छन् । यिनलाई प्रदेश ३ को सरकारको सबभन्दा धेरै बजेट (रू. १७ अर्ब) भएको भौतिक योजना मन्त्रालयको जिम्मा दिइएको थियो, मुख्यमन्त्रीसँगको विवादले गर्दा पदबाट हट्नुप¥यो । खास विवाद प्रदेश ३ को राजधानी हेटौँडामा होइन, बनेपातिर ल्याउँभन्ने स्थापितको चाहना । मकवानपुरमा घरजम भएका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नो घर–करेसा (हेटौँडा) बाट अन्यत्र सार्न नचाहने । विवादको चुरो यतिमात्र हो । अरू भनेका हत्कण्डाका रुपमा खडा गरिएका फत्तुरका ब्यहोरा हुन् ।

विश्वब्यापी लहर भएपनि नेपालजस्ता कतिपय अल्पविकसित वा विकासोन्मुख मुलुकमा‘मी टू’ अभियान एउटा फेशन, देखासिकी र त्योभन्दा बढेर कतिपय ठाउँमा ब्लाकमेलिङ् गर्ने, बाप–बैरी साँध्ने, खुट्टातान्ने र सामाजिक सद्भाव तथा गृहस्थी भाँड्ने जहरिलो हत्कण्डा पनि हुँदैछ । २० वा २५ वर्षअघि ‘मलाई अफिसमा यौन दुब्र्यबहार ग¥यो’ भनी आज आएर सार्वजनिक रुपमा बोल्नुको कारण के हुनसक्छ ?

केशब स्थापितमाथि अहिले आईलागेको अर्को झ्याउलो यौन दुब्र्यबहारको आरोप हो । आज यस्तो दुब्र्यवहारको आरोप लगाउने विषय विश्वब्यापी लहरजस्तै भएको छ । नोबेल शान्ति पुरस्कारका लागि ३३१ वटा अन्तिम सिफारिशमा महिला हिंसा र बलात्कारको पोल खोल्ने विश्व अभियान ‘मी टु’ लाई २०१८ को नोबेल शान्ति पुरस्कार दिनुपर्छ भन्ने सिफारिशपनि समावेश थियो ।

विश्वब्यापी लहर भएपनि नेपालजस्ता कतिपय अल्पविकसित वा विकासोन्मुख मुलुकमा‘मी टू’ अभियान एउटा फेशन, देखासिकी र त्योभन्दा बढेर कतिपय ठाउँमा ब्लाकमेलिङ् गर्ने, बाप–बैरी साँध्ने, खुट्टातान्ने र सामाजिक सद्भाव तथा गृहस्थी भाँड्ने जहरिलो हत्कण्डा पनि हुँदैछ । २० वा २५ वर्षअघि ‘मलाई अफिसमा यौन दुब्र्यबहार ग¥यो’ भनी आज आएर सार्वजनिक रुपमा बोल्नुको कारण के हुनसक्छ ? व्यक्ति प्रतिष्ठित पदमा पुगेको बेला चैँ किन यस्तो आरोप आउँछ । आरोपमा अपराध भए कानुनी उपचार र क्षतिपूर्ति पाउनु पर्छ, अरु कुरै छैन । तर मुद्दालाई कानुनी उपचारतिर नलगेर किन प्रपोगण्डाको मसला बनाइन्छ ?

यहाँ कुनै पात्रलाई औँल्याएर दोषीको पक्षबाट वकालत गरिएको हुँदै होइन । दोषी वा पीडकले दण्ड–सँजाय पाउनुपर्छ । पीडितले न्याय र क्षतिपूर्ति पाउनुपर्छ । चाईँचुईँ केही सुन्नु हुँदैन । तर वर्षौँसम्म चूप लागेर बसेको कथित ‘पीडित’ दशकौँपछि मौका हेरेर किन अनायास मुख खोल्छ ? यस्तोमा आरोपकर्ताको चरित्र र पृष्ठभूमी हेर्नुपर्ने जरुरी हुनआउँछ । यो तरिका सबैमा लागु हुन्छ ।

यसै सिलसिलामा केशब स्थापितमाथि लागेको आरोप सुनेपछि आरोपकर्ताको बारेमा चासो जाग्नु स्वाभाविक थियो । त्यही चासोले खोजीमा डोहो¥याउँदै विद्युतीय सामाजिक सञ्जाल ‘यु ट्यब’को UjjwalaMaharjan performing her poem ‘काली’भन्ने कवितावाचनमा पु¥यायो र https://www.youtube.com/watch?v=Sorevdc9Kn8&t=262s ठेगानामा ‘काली’कविता सुन्न थालियो ।

 प्रसंग केशब स्थापिततिरै फर्काऔँ ।

०४६ सालमा तत्कालीन मालेको युवा संगठन ‘प्रगतिशिल युवा संघ’ मा प्रधानमन्त्री के.पी. ओली खड्गप्रसाद ओलीकै नामबाट त्यसको अध्यक्ष थिए, बोल्न थालेपछि उखानटुक्का मात्र आउने । अरु कुरा नमो शिवायः ! यी केशव स्थापित थिए युवा संघका तत्कालीन महासचिव । पद्मरत्न तुलाधरका प्रियपात्र मानिएका केशब स्थापितका विचारोत्तेजक राजनीतिक कल्पना सुनेर एमालेका प्रभावशाली महासचिव मदन भण्डारीका दाहिनेहात मानिएका अध्यक्ष ओली चकित हुन्थे । ओली र स्थापितको सम्बन्ध त्यही बेलादेखिको हो ।


आत्मविश्वास,कल्पनाशक्ति, निर्णायक क्षमता र चलाक स्वभाव हुँदाहुँदै पनि यिनी अगाडि जान सकेनन् । देखेको कुरा ब्याङ्गै बोलिदिने मुहफट शैलीले पनि यिनलाई कतिपय ठाउँमा बिगा¥यो ।


यो सम्बन्धले स्थापितलाई मदन भण्डारीको पनि नजिक पु¥यायो । यतिसम्म कि उनी विद्या भण्डारीलाई ‘आमा’ नै भन्ने गर्छन् । मदन भण्डारीका अर्का दाहिनेहात मानिएका वामदेव गौतमसँग पनि स्थापितको हिमचिम बढ्यो । वामदेव त मदन भण्डारीका कतिसम्म दाहिने हात भने मदनका विरोधीलाई वामदेवले एक दिन ‘छाला काडेर नून–चूक दल्नुपर्छ’ सम्म भनिदिए ।

समयक्रमले र कदाचित आफ्नै चञ्चल र अस्थिर स्वभावले होला राजनीतिमा केशब स्थापितलाई ओलीको भन्दा धेरै पछाडि पा¥यो । आत्मविश्वास,कल्पनाशक्ति, निर्णायक क्षमता र चलाक स्वभाव हुँदाहुँदै पनि यिनी अगाडि जान सकेनन् । देखेको कुरा ब्याङ्गै बोलिदिने मुहफट शैलीले पनि यिनलाई कतिपय ठाउँमा बिगा¥यो ।

उनी प्रदेश ३ को मूख्यमन्त्री नै बन्न चाहन्थे, तर खुट्टा तान्ने र निषेध गर्नेहरूको कोपभाजनका कारण उनी प्रदेशको मन्त्री तर महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा थिए । पदबाट हटाइनु आफैमा दोषी प्रमाणित भएको मानिन्न । के शेरबहादुर तामाङ्लाई संघीय कानुन मन्त्रीबाट हटाईँदा उनीजस्ता बौद्धिक मान्छे दोषी भए र !

तामाङ् आखिर बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूको बारेमा यौन आरोपका सुनेका कुरा गरिदिँदा उनले पदबाट आँसुले हात धोएर विदा हुनु परेको थियो । नेकपाभित्र विरोधीलाई खुइल्याउन र पदबाट खँदार्न खानु बिराउनु केही पर्दैन । आगे स्थापितको बाटो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार