अन्जली दिदिको हातबाट २ सय दाजुभाइले लगाए भाइटीका


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सधैको तिहार जस्तै यसपालीको तिहारमा पनि अन्जली मास्केले काष्ठमाण्डपमा करिव २०० जनालाई भाइटीका लगाइदिएकी छन् ।

घरदेखि टाढा भएका दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई मास्केले सोही ठाउँमा २०५५ देखि भाइटीका लगाइदिँदै आएकी छन् । मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार