सन्दीपले दिल्लीबाटै आइपिएल खेल्ने, गम्भिर आउट !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गत सिजनका कप्तान गौतम गम्भिरलाई बेवास्ता गर्दै दिल्ली डेयर डेभिल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरेसँगै सन्दीपले यस सिजनको आइपिएल पनि दिल्लीबाटै खेल्ने पक्का भएको छ । सन्दीपलाई दिल्लीले गत बर्ष २० लाख भारुमा आफ्नो टिममा राखेको थियो ।

शुरुवाती खेलमा मौका नपाएका सन्दीपले अन्तिम तीन खेलमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अन्तिम खेलमा मुम्बईविरुद्ध ३ विकेट लिदैँ आफ्नो प्रभाव छाड्न सफल भएका थिए ।

यसपटक दिल्लीले युवा खेलाडी सबैलाई रिटेन गरेको छ । उसले पछिल्ला कप्तान श्रेयास आयरका साथै युथ स्टार रिसब पन्तलाई पनि रिटेन गरेको छ ।

आयर र पन्तसँगै अमित मिश्रा, कोलिन मुन्रो, जयन्त यादव, पृथ्वी शा, आवेश खान, हर्षल पटेल, ट्रेन्ट बोल्ट, कासिगो रबाडा, राहुल तेवित्व, मनजोत काल्रा, क्रिस मोरिसलाई पनि रिटेन गरेको छ ।

गम्भिर आउट !

तर यसपटक उसले अलराउण्डर विजय शंकरलाई भने रिटेन गरेन । यससँगै गत बर्ष दिल्लीका कप्तान गौतम गम्भिरलाई पनि टिमले यसपटक रिटेन गरेको छैन ।

तर सनराइजर्स हैदराबादका ओपनर व्याट्सम्यान शिखर धवनलाई भने दिल्लीले रिलिज कलजमा राखेको छ । उसले सम्भवतः यसपाली धवनलाई किन्ने सम्भावना छ ।

सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन । आइपिएलसँगै उनले ग्लोबल ट्वेन्टी ट्वेन्टी, पिसिएल, एपिए, सिपिएल र बिग ब्यास खेल्ने पनि पहिलो नेपाली क्रिकेटर बनिसकेका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार