गौतम गम्भिरद्धारा क्रिकेटबाट सन्यासको घोषणा !


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व ओपनर व्याट्सम्यान गौतम गम्भिरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

उनले मंगलबार साझ सबै फम्र्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन । भारतले विश्वकप जित्दा गौतम गम्भिरले भारतीय ओपनिंग व्याट्सम्यानको भूमिका खेलेका थिए । आइपिएलमा सफल कप्तानमध्येका एक गम्भिरले कोलकत्ता नाइट राइडर्सलाई दुई पटक उपाधि जिताएका थिए ।

सन् १९९९ देखि क्रिकेट करियर शुरु गरेका गम्भिर राष्ट्रिय टिमका साथै घरेलु लिगमा सफल मानिन्छन । ५८ टेस्ट खेलेका उनले ४ हजार १ सय ५४ रन बनाएका छन । जसमा उनले ९ शतक बनाए भने २२ वटा अर्धशतक बनाएका छन ।

१ सय ४७ वटा एकदिवसीय क्रिकेट खेलेका गम्भिरले ५ हजार २ सय ३८ रन बनाएका छन । गम्भिरले ३७ ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलेका थिए ।

पछिल्लो पटक गम्भिर सन् २०१६ मा इंग्ल्याण्डविरुद्धको टेस्ट खेलेका थिए । तर गतिलो प्रदर्शन गर्न नसकेपछि उनी पहिलो खेलबाटै टिमबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार