२३ गतेदेखि रिले अनशन ! अर्थमन्त्रीको राजिनामा माग


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सफल गभर्नरमध्य एकको ख्याति कमाएका वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा विस्तारै बद्नाम हुने अवस्थामा पुगेका छन् । राजनीतिक लगानी बिनै फास्ट ट्रयाक अर्थमन्त्री बन्न पुगेपछि आम जनमानसमा आशाको केन्द्र बनेका उनी अहिले सबै क्षेत्रबाट बहिस्कृत जस्तो अवस्थामा पुगेका हुन् ।

पहिलो बजेट भाषणपछि नै सिर्जित कर विवाद, विकास खर्च हुन नसक्नु, तरलता अभाव जस्ता दर्जनौ समस्याको भुमरीमा परेका अर्थमन्त्रीलाई अब शेयर लगानीकर्ताले पनि घेर्ने तयारी गरेका छन् । ठूलो आशा, भरोसा र देशको परिस्थितीलाई समेत बुझेका भनि नेपाली नागरिकले एउटा दललाई दुई तिहाई बहुमत दिए । दुई तिहार्इ बहुमतसहितको शक्तिशाली सरकार एकलौटी ढगंले सत्ता चलाई रहेको छ । अहिले प्रतिपक्ष कता छ भनेर खोज्नुपर्ने अवस्था छ । तर सरकार भने बेला–बेलामा पोस्टरमा मात्र देख्न पाइन्छ । त्यो पनि शहर बजारमा मात्र । देशभरि सरकारको रवैयाविरुद्ध जनआक्रोश बढ्दो छ ।

फास्टट्रयाकबाट अर्थतन्त्रको बागडोर समाल्न पुगेका खतिबडा पछिल्लो समय पूँजीबजारका लगानीकर्ताको निशानामा परेका छन् । शेयर बजार तीव्र गतिमा ओरालो लागेका बेला लगानीकर्ताहरु सम्पत्तिको रक्षाका लागि भन्दै अनशनसम्म बस्ने भएपछि अर्थमन्त्रीले अझै असहज परिस्थिती सामना गर्नुपर्ने अवस्था आएको हो ।

शक्तिशाली वाम सरकारले शपथ खाएकै दिनबाट लालझण्डा झैँ रातो भएको शेयर बजार आजका दिनसम्म तीव्र गतिमा घटिरहेको छ । आशा र भरोसाको केन्द्र भएर आएको सरकारले निराशाजनक सुचकांकहरु सार्वजनिक गरिसकेको छ । यसले अर्थमन्त्री खतिवडाको कार्यशैलीलाई झल्काइसकेको छ भने लगानीकर्ताले उनको मानसिकता नै नकारात्मक रहेको टिप्पणी गर्न भ्याएका छन् ।

अर्कोतर्फ वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले सबै बैंकलाई आफुखुशी व्यक्तिगत व्याजदर निर्धारण गर्न फुकुवा गरेपछि त्यसको असर आजबाट नै शेयर बजारमा परिसकेको छ ।

थप समाचारः– बैंकर्स संघको कमजोर नेतृत्व : अध्यक्ष ढुंगाना असक्षम सावित ! 

बालहठको संज्ञा पाएका अर्थमन्त्री डा. खतिवडाले चालेका कदमहरुको जनस्तरबाट नै विरोध भइरहेका बेला पुँजीबजारका लगानीकर्ताले भने राजिनामा माग गर्दै मंसिर २३ आइतबारदेखि अनशनमा बस्ने घोषणा गरेका छन् ।

शक्तिशाली वाम सरकारले शपथ खाएकै दिनबाट लालझण्डा झैँ रातो भएको शेयर बजार आजका दिनसम्म तीव्र गतिमा घटिरहेको छ । आशा र भरोसाको केन्द्र भएर आएको सरकारले निराशाजनक सुचकांकहरु सार्वजनिक गरिसकेको छ ।

थप समाचारः– ओली सरकार गम्भीर आर्थिक संकटमा : चालु खाता घाटा रु. ८२ अर्ब पुग्यो !

यसले अर्थमन्त्री खतिवडाको कार्यशैलीलाई झल्काइसकेको छ भने लगानीकर्ताले उनको मानसिकता नै नकारात्मक रहेको टिप्पणी गर्न भ्याएका छन् ।

पछिल्ला दिनमा अनलाइन कारोबार प्रणाली संचालनमा आएपश्चात समग्र वित्तीय बजारको अवस्था लगायत विभिन्न कारणले बजार तीव्र गतिमा ओरालो लाग्ने क्रम रोकिएको छैन ।

यसै सन्दर्भमा लगानीकर्ताहरुले दवाब समुह बनाएर रिले अनशन बस्ने निर्णय गरेका हुन् । पूँजी बजार बिस्तार तथा सुधार गर्दै आम लगानीकर्ताको सम्पत्तीको रक्षा गर्नका लागि अर्थमन्त्रीको राजिनामा माग गर्दै रिले अनशन बस्न लागिएको दवाब समुहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेञ्जको सिंहदरबार प्लाजास्थित कार्यालयमा आउँदो आइतबार बिहान १० बजेदेखि रिले अनशन सुरु हुने बताइएको छ ।

यस्ता छन दबाब समूहका १० माग

१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् ।

२. अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।

३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।

४. शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गरियोस् ।

५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितोमा कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।

६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरसीपको तत्काल ब्यवस्था होस् ।

७. ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगावै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताव सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।

१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार