कहाँ बाट बेपत्ता भए दिल्लीमा उद्धार गरिएका ८ नेपाली चेली ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं:  भारतमा उद्धार गरिएका ८ जना नेपाली चेलीहरु सरकारी आश्रयगृहबाट हराएका छन्।   राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको  दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा रहेका उनीहरु बेपत्ता भएका छन् ।

दिल्ली महिला आयोग र माइती नेपाल दिल्लीको सहयोगमा उनीहरुलाई जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो।

गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएको भारतीय प्रहरीले जानकारी दिएको बिबिसीले उल्लेख  गरेको छ ।

आम आद्‍मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडी प्रदर्शन गरिरहेको छ ।

उनका अनुसार हराएका महिलाहरू बारे प्रहरीले थप तथ्यहरू भने पत्ता लगाउन सकेको छैन। भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको दूतावासलाई जानकारी दिए ।

पछिल्ला वर्षहरूमा नेपाली महिलाहरुलाई अवैध रूपमा खाडी मुलुक पठाउनका लागि समेत भारतको बाटो प्रयोग हुने गरेको पाइएको छ ।

तीन महिना अघि पनि दिल्ली महिला आयोगले अवैध रूपमा खाडी पठाउन लागिएका ७१ नेपाली महिलाको उद्धार गरेको थियो।

भारतस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यसरी अवैध रूपमा महिलालाई खाडी पठाउन फर्जी कागजातको समेत प्रयोग हुने गरेको पाइएको थियो।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार