निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपति भवन आगाडि प्रदर्शन, ११ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए ।

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ । यसैबीच, पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार