घुस्याहा प्रहरी खोज्न ‘केन्द्रीय मार्सल टोली’ फिल्डमा !


Share This

नेपालबहस संवाददाता    

विशेष संवाददाता

काठमाडौं । प्रहरी महानिरीक्षक ( आर्इजीपी ) सर्वेन्द्र खनालले घुस्याहा र आचरण विपरितका गतिविधिमा संलग्न प्रहरी कर्मचारीमाथि निगरानी गर्न प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा ‘केन्द्रीय मार्सल टीम’ तैनाथ गराएका छन् ।

यो टीमलाई देशभरका प्रहरी युनिटसम्म पुगेर गोप्य रुपमा प्रहरीकै कामकारबाहीमाथि निगरानी राख्न तथा आवश्यकता अनुसार कारबाही तथा कारबाही सिफारिस गर्नसक्ने अधिकार दिइएको छ ।

स्रोतका अनुसार आर्इजीपी खनालले एआर्इजीहरुको समेत निगरानी गर्नसक्ने गरी एसपी सन्दिप भण्डारीको कमाण्डमा केन्द्रीय अनुगमन टोली तैनाथ गराएका हुन् । उक्त टोलीको नाम ‘प्रोफेसनल सर्भिस डेस्क’ ( पीएसडी ) राखिएको छ । यसअघिका आर्इजीपीले सचिवालय मातहत एसएसपीको नेतृत्वमा रहेको निरीक्षणालयलाई मार्सल टीमको रुपमा तैनाथ गराउँदै आएका थिए ।

एसपी भण्डारीको वालबाट साभार
     फोटो : एसपी भण्डारी-उनैकोे वालबाट साभार

जसले उजुरी छानविनदेखि विभागीय कारबाहीसम्मको सिफारिस पनि गर्दै आएको थियो । तर एकाएक आर्इजीपी खनालले ‘गोप्य रुपमा छुट्टै मार्सल टीम तैनाथ गर्नुलाई आन्तरिक शुद्धिकरणका लागि कठोर बन्ने नीति लिएको उनी निकट स्रोतले जानकारी दियो ।

“आर्इजीपीको प्रत्यक्ष कमाण्ड/कन्ट्रोल रहने गरी एसपीको नेतृत्वमा हेडक्वार्टरले ‘पीएसडी’ तैनाथ गराइसकेको छ,” स्रोतले भन्यो, “प्रहरी प्रधान कार्यालयदेखि प्रदेश, महानगरीय, जिल्ला लगायत सबै युनिटमा तैनाथ अधिकृत तथा जवानहरुका गतिविधिमाथि यो संयन्त्रले सुक्ष्म निगरानी गर्नेदेखि विभागिय कारबाहीको सिफारिससम्म गर्नसक्छ ।

आर्इजीपी खनालले यो संयन्त्र गठन गरेसँगै मार्सल टीमले आफ्नै कर्मचारीमाथि छड्के अनुगमन गरिसकेको छ

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार