अब देशले कोल्टे फेर्छ भन्थे, उत्तानो पो परेछ !


Share This

नेपालबहस संवाददाता    

 ♦शान्तिमान श्रेष्ठ ♦

–देश तरंगित भएको छ । अग्रगामी परिवर्तनको काष्टिङ बल्ल शुरु हुँदैछ , क्लाईमेक्स त झन कस्तो हुने हो बाबै !
–भारतिय विस्तारवाद र अमेरिकी साम्राज्यवादबिरुद्ध सुरुङ्ग युद्ध गर्ने उल्लूहरु दङ्ग पर्दै होलान ! हुन त नेपालमा उल्लूहरुको कमी कहाँ छ र ! अब कसको बिरुद्ध सुरुङ्ग युद्ध गर्ने हुन !
–सुखानीको जंगलमा मारिएका शहिदहरु , छिन्ताङ र पिस्करमा जिउँदै जलाइएका शहिदका आत्माहरुले आफैंलाई धिक्कारे होलान ! आफ्नै खोपडी चट्टानमा बजारे होलान !

–ओली ….ओली ….ओली…. भन्दै ओलीको प्रत्येक वाक्यांशमा सिठ्ठी फुक्दै , हातमा फोरा उठनेगरि ताली ठोक्दै , गलल्ल हाँस्दै धर्तीमाता नै थर्किने गरि हुटिङ्ग गर्ने हलिगोठालाहरु कोही टोलाउँदै बसे होलान ! कोहि एकनाथलाई सराप्दै होलान ! कोही माकुनेले डुबायो भन्दै झोक्राउँदै बसे होलान !

–ओलीले रेल ल्याउँछु , पानी जहाज ल्याउँछु , घर घरमा प्याट्ट बटन थिचेर बाल्ने ग्याँस ल्याउंछु ! देशलाई स्वर्ग नै बनाउंछु भन्थे ! कसरी बनाउलान र खै भनेको त ! लाख डलर आउने भएकोले पो रहेछ ! अब त बनिगो नि !

–युपिएफ कुम्भमेलाको शुरुवातदेखिनै माकुने डुब्न शुरु गरेका थिए । मुन दम्पत्तिको उच्चारण गर्नै लाज हुने गोप्य झोल पिउँदासम्म पनि उनको टाउकोसम्म देखिएको थियो । धमलासँग अन्तरबार्ता दिंदै गर्दा उनको आँखासम्म देखिएको थियो । १ लाख डलरको महिमा गाथा गाउँदासम्म उनको फुस्रो कपालसम्म देखिएको थियो । ईसाइको बिरोध गर्नेहरु आफैं समाप्त हुन्छन् भनेर सिध्याउँदासम्म उनको पुरै शरिर मुनको पिसाबमा डुबेर समाप्त भयो !

–यो सब त्यति अनौठो पनि होइन किनकी बिरालोलार्इ सय खात कम्मलले ढाकेपनि आखिर म्याउँ गरि हाल्छ क्यार !

–भ्याटिकन , ईयु र सिआर्इएले बडो मेहनत र होशियारीपुर्वक रंगरोगन गरेर डाँफे बनाइएका डाँग्रेहरु नाच्दानाच्दै एकदिन पानीमा भिजेर खुइलिनुनै थियो ढिलो–चाँडो ! मलाई त २ घन्टा जबर्जस्ती रोकेको पाद खुस्किदा जस्तो आनन्द भयो ! यी डाँफे होइनन डाँग्रे हुन भनेर मैले धेरै अघि नै भनेको थिएँ ! तर डाँग्रेका चल्लाहरु बाझ्न आउँथे । डाँग्रेका यी चल्लाहरु कहाँ डुल्दैछन अहिले ? जिज्ञासा !

–कांग्रेसीहरुको हाड हाँसेको हुनुपर्छ तर जरुरी चाहिं छैन है कांग्रेसी हो  ! तिम्रा पोल पनि खुलिसक्यो । जीवनको अन्तिम स्वास लिंदै गरेको मान्छेले जस्तो मन्द स्वरमा सहमतिको विमती राखेको प्रष्ट देखियो ! खासमा कांग्रेसीहरुले प्रमुख प्रतिपक्षी दलको रुपमा भुमिका निभाएवापत प्राप्तगरेको सम्पुर्ण तलब –भत्ता जनतालाई फिर्ता गरेर पार्टी बिघटन गर्दै गया – काशीतिर छिरे हुन्छ । संसारकै संसदिय ईतिहासमा अहिलेको कांग्रेस जस्तो निकम्मा प्रमुख प्रतिपक्ष शायदै कहिं भेटिन्छ !

यो हलचलको माहौलमा आरजु देउवा चाहिं अब आगामी सरकारमा राजदुतबाट कति असुल्ने ? प्रहरी प्रमुखबाट कति ? न्यायाधिशबाट कति ? निगम प्रमुखबाट कति ?? हिसाब गर्दै होलिन ! हिसाबमा २/४ अरब त नाघ्यो कि ? कौतुहलता ?

–यो प्रकरणले कांग्रेस–कम्युनिस्ट दुबै काले–काले मिलेर खाउं भाले नाटकको पात्र देखिए ।

–कांग्रेसी नेताहरु आफ्नो पनि पोल खुल्ला भनेर थुरथुर भएको देखियो । विश्वप्रकाश र गगनले कांग्रेसको नाँगो शरिरमा एउटा फाटेको टालोले गुप्ताङ्गसम्म ढाकिदिए ।

–कम्युनिस्टहरुले बेहोसीमा आफ्नो मुखुन्डो आफैं उघारे । अब कांग्रेसीको पालो छ । यिनको मुखुन्डो चाहिं जनताले सडकमा ल्याएर उघार्न पर्छ !

–यो हलचलको माहौलमा आरजु देउवा चाहिं अब आगामी सरकारमा राजदुतबाट कति असुल्ने ? प्रहरी प्रमुखबाट कति ? न्यायाधिशबाट कति ? निगम प्रमुखबाट कति ?? हिसाब गर्दै होलिन ! हिसाबमा २/४ अरब त नाघ्यो कि ? कौतुहलता ?

–देउवाचाहिं सिंगान पुछ्दै ज्योतिषी कहाँ दौडे होलान ! पुरानो ज्योतिषीले हावा खायो नयाँ खोज्दै होलान ! सपना मै मन्त्रिमन्डल गठन गरिसके कि ! देशलाई बैज्ञानिक युगमा छलाङ्ग लगाउन ५ फेल रामकृष्ण उपाध्यायलाई बिज्ञान तथा प्रविधी मन्त्री बनाउने यिनी नै हुन क्यार ! राजनीतिमा सुरा–सुन्दरी भित्र्याउने त यिनी नै हुन क्यार ! त्यही दिनबाट त पल्केका नि यी बुढाहरु कोरिया,सिंगापुर सयर गर्न ! त्यसैको पाकेको फल त झर्दैछ अहिले कुहेको घाउबाट किरा झरे झैं !


उनले ओलीलार्इ रोक्न सक्थे तर रोकेनन । आफुमाथि लागेको इसाई दलालको सबैभन्दा गम्भिर आरोपको भारी प्रतिस्पर्धी नेतामा बिसाउने मौका उनले किन चुकाउँथे र ! उनी अहिले रमिता हेर्दैछन । मनमनै कुटिल हाँसोसहित पश्चिमी नीति अनुरुपको दलालीको उनको गाथा त अपरम्पार छ । के कुरा गर्नु !


–प्रचण्ड ओलीभन्दा बाठो देखिए । ईसाइकरणको सबैभन्दा खतरनाक र प्रमुख नाइके प्रचण्ड हुन भन्ने कुरा अब लाटोलाई पनि थाहा छ । यो कार्यक्रमको प्रमुख सुत्रधार उनी पनि हुन । शुरुमा उनी गए तर स्थिति जटिल देखेपछि दाँत दुखेको बहाना गरेर चतुर्याईपुर्वक उम्के । भीम रावलका अनुसार प्रचन्डलाई सम्भावित स्थितिको आंकलन थियो । उनले ओलीलार्इ रोक्न सक्थे तर रोकेनन । आफुमाथि लागेको इसाई दलालको सबैभन्दा गम्भिर आरोपको भारी प्रतिस्पर्धी नेतामा बिसाउने मौका उनले किन चुकाउँथे र ! उनी अहिले रमिता हेर्दैछन । मनमनै कुटिल हाँसोसहित पश्चिमी नीति अनुरुपको दलालीको उनको गाथा त अपरम्पार छ । के कुरा गर्नु !

–नेपालको राजनीतिमा एउटा लोभी पात्र रामचन्द्र पौडेल पनि हुन भनिन्छ । यिनलाई इमान्दार ठान्नेहरु या त राजनीती नबुझ्नेहरु हुन या त झोले कार्यकर्ता हुन । इमान्दारको हालत त चक्र बाँस्तोलाको जस्तो भैहाल्छ नि । यिनलाई थाहा छ, त्यही भएर इमान्दार भएनन शायद । कम बाठा छन ! संघियता र धर्म निरपेक्षताको लागि ईयुबाट आएको पैसा कांग्रेसभित्र भागबन्डा लगाउने जिम्मेबारी पाएका सादगी व्यक्तित्व ! प्रणाम छ । त्यही भएर यो प्रकरणमा सात कोश परबाट बाँदरले पाकेको केरा हेरे झैं रमिता हेर्दैछन । पाप पखाल्न हो कि ? अलिअघि पशुपतिनाथ मन्दिरमा टुप्पी ठड्याउँदै झुल्किएथे । खासमा यिनी बागमतीको जलमा नुहाउनभन्दा मुनको जलमा डुबुल्की मार्न जानुपर्ने हो।

झर्ला र खाउँला भन्दै ढुक्दै होलान ! यी पनि गतिला कहाँ हुन र ? सेन्ट जेभियर्स र सेन्ट मेरिजमा आफ्ना छोराछोरी मुफ्तमा पढाउन पाएपछि दङ्ग परेर राजालार्इ नै रुम कि हाँसुम बनाउने यिनै मन्डले हुन । संगठन बनाउने हुति नहुने तर राजाको वरिपरी घेरा बनाएर राजाको नाममा तर मार्न खप्पिस !

–नयाँ मन्डलेहरुलार्इ गाली गर्यो हामीलार्इ गरेन भनेर पुराना मण्डलेहरुले चित्त दुखाउलान ! कम्युनिस्ट – कांग्रेसको वैचारिक स्खलनमा दङ्ग पर्दै होलान यी ! झर्ला र खाउँला भन्दै ढुक्दै होलान ! यी पनि गतिला कहाँ हुन र ? सेन्ट जेभियर्स र सेन्ट मेरिजमा आफ्ना छोराछोरी मुफ्तमा पढाउन पाएपछि दङ्ग परेर राजालार्इ नै रुम कि हाँसुम बनाउने यिनै मन्डले हुन । संगठन बनाउने हुति नहुने तर राजाको वरिपरी घेरा बनाएर राजाको नाममा तर मार्न खप्पिस ! एउटा महाको मन्डले त धर्म परिवर्तन गर्दै ईसाइ भएर आफ्नो नाम पनि परिवर्तन गर्दै पिटर गिरि भए र श्रीलंका भासिएर चर्च चलाएर बसे । इतिहासको एउटा कालखण्डमा देश गम्भिर संकटमा फँस्यो । यो संकटबाट पार पाउन राजा महेन्द्र र बीपी मिल्नै पर्ने थियो । राष्ट्रियताको सवालमा पार्टी र व्यक्ति गौण हुन्छ । दुबै सहमत भएपनि ।

तर मन्डलेहरु आफ्नो भाग खोसिने भयले दुर्इ बीचमा तगारो मात्र बनेनन , विदेशीको लागि दरवारको जासुसी पनि गरे । त्यो बेला यिनलार्इ देशभन्दा ठुलो आफ्नो पदिय भाग भयो । भनिन्छ ! राजा महेन्द्रलाई धुरुक्क रुवाएका थिए यी मन्डलेहरुले । विदेशीको लागि दरवारको सुचना चुहाएर जासुसी गर्ने मन्डलेहरुको मुखिया थिए सुर्यबहादुर थापा । स्थिति कतिसम्मको जटिल थियो रे भने राजा महेन्द्रले तत्कालिन प्रधानमन्त्री सुर्यबहादुर थापाले समेत सुईको नपाउने गरि बीपीसँग संवाद गर्न चाहन्थे । तर चतुर थापाले थाहा पाइहाले र सुचना भारत पुग्यो । तब त के थियो दुर्भाग्यको दिन शुरु भयो । महेन्द्र पश्चिमाको दवावमा फँसे । बीपी भारतको दवावमा । यहि क्षणबाट पिसकोर लगाएतको आईएनजीओको नाङ्गो परेड शुरु भयो । पिस कोरको दवावमा पाठ्यक्रम तयार गरियो । त्यही पाठ्यक्रमले ब्रेनवास गरेर तयार पारेको नेपाली मानसिकता र विचारको फल अहिलेको पिंढी हो ।

तत्कालिन पुर्वी पाकिस्तान तथा हालको बंगलादेशमा भएको हिंसात्मक आन्दोलनमा ईन्दिरा गान्धीको भुमिकाबाट झस्केर राजासँग घाँटी जोडन फर्केका बीपीलाई फाँसीमा झुन्डाउन पर्छ भन्दै उग्र र अनुदारवादी चरित्र देखाउने यिनै हुन । यत्रो बर्ष वितिसक्दा पनि तत्कालिन समयमा यिनको चरम अनुदारवादी चरित्रको कारण यिनिहरु अझै बदनाम छन । यिनको जासुसी सहयोगबिना दरबार हत्याकान्डको पृष्ठभुमि तयार भएको पक्कै छैन ।

–रह्यो कुरा ज्ञानेन्द्रको । यिनले हिन्दु धर्मको उत्थानको लागि ईसाइ धर्म मानेर श्रीलंकामा एकताका चर्च चलाउने पिटर गिरि उर्फ तुलसी गिरिलाई डाकेर मन्त्रीपरिषदको अध्यक्ष बनाए । ज्ञानेन्द्रको यो शुरुवात नै पतनको द्धार थियो । तुलसी गिरिको नेपाली जनतासँगको सम्बन्ध पुरै टुटेको थियो । जनतासँग सम्बन्ध टुटेको ब्यक्तिलाई टाउकोमा बोकेपछि ज्ञानेन्द्रको पनि जनतासँगको सम्बन्ध स्थापित हुन सकेन । नेपालको संसदिय राजनीतिमा अत्यन्तै अवसरवादी र घिनलाग्दो पात्र कमल थापा पनि हुन । यिनका गुरु लोकेन्द्रबहादुर चन्द नै यिनबाट दिक्क भएर यिनलार्इ मुसा भनेका थिए ।

५१ देखी ५४ सम्म यिनकै महत्वाकांक्षाको केन्द्रमा कैयौं सरकार बने, भत्के । आफु जिम्मेवार मन्त्री भएकै सरकारको खिलाफ यिनले कैयौंपटक षडयन्त्र रचे । संसदिय अभ्यासमा गुन्डासमेत खेलाएर राजनीति नै दुर्गन्धित गरे । असल मन्छेलाई राजनीतिबाट बिमुख गराउन यिनको पनि ठुलो हात छ । यस्तो बदनाम पात्रलाई ज्ञानेन्द्रले मुख्य सहयोगी बनाउनु नै ज्ञानेन्द्र को कुबुद्धी थियो । गुन्डाको छवि बनाएका जगत गौचनलाई मन्त्री बनाए । उपेन्द्र देवकोटालाई स्वास्थ्य मन्त्री बनाएर केही गर्न खोजेका हुन कि भन्ने आभाष नदिएको पनि होइन तर चौतर्फी दुर्नाम पात्रहरुले उपेन्द्र र किर्तिनिधिहरुको क्षमता र लोकप्रियता ओझेलमा पर्यो । जब यिनले पटक पटक संसदिय राजनीतिका नेताहरुलार्इ वार्ताको नाममा लन्ठाइरहे । पटक पटक नारायणहिटीमा प्रधानमन्त्री पदको लागि दरखास्त आह्वान गरेर तुजुक देखाउंदै थिए ।


उनी साधु – सन्त त पक्कै थिएनन । ज्ञानेन्द्रको वरिपरिको झुन्डले गिरिजालाई गणतन्त्रको मुख्य नाइके भनेर सराप्नु नामर्दपन र कुतर्क हो । ज्ञानेन्द्रले गिरिजालार्इ धसाउन खोजेकै हुन । गिरिजाले पनि ज्ञानेन्द्रलार्इ धसाउन खोजे के अनौठो भयो ?

– मैले त्यतिबेलै सोंचेको थिए र एक दुइ जनालाई भनेको पनि थिए । ज्ञानेन्द्र धेरै बाठो भयो अब गुहु खायो । कांग्रेस –कम्युनिस्ट जतिनै खराव , बेइमान र असक्षम भएपनि तिनको जरा गाउँ–गाउँ बस्ती–बस्तीमा थियो । युवा उमेर समुहमा पकड थियो । स्कुल–स्कुलबाटै तिनका कार्यकर्ता तयार हुन्थे । कलेजहरु तिनका मुठ्ठिमा थिए । यस्तोमा जनस्तरमा पकड नभएकाहरुको झुन्डको बलमा संसदिय दलहरु र माओवादी दुबैलाई एकसाथ तह लगाउन खोज्नु नै उनको मुर्खता थियो ।

यस्तो मुर्खता संसारमा कुनै राजनीतिज्ञले गर्दैन । तर उनी राजनीतिज्ञभन्दा बढी ब्यापारी देखिए । ज्ञानेन्द्रको वरिपरिको जमात गणतन्त्र आउनुमा सबैभन्दा बढी जिम्मेवार कांग्रेस ,त्यसपछि कम्युनिस्टलाई मान्छ । म चाहिं पहिलो जिम्मेवार ज्ञानेन्द्रको कुबुद्धीलार्इ नै मान्छु । कुनै चोरलार्इ कुट्न जाँदा म चोर हुँ त्यसैले मलाई कुट ठिक छ भनेर कसैले पनि भन्दैन । गिरिजा असल कि खराब भन्ने सरोकार भएन तर उनलाई राजनीतिक स्पेस नै नहुने गरि निषेध गरेपछि एउटा महत्वाकांक्षी राजनीतिकर्मीले सामान्यतया जे गर्छ त्यही गरे । उनी साधु – सन्त त पक्कै थिएनन । ज्ञानेन्द्रको वरिपरिको झुन्डले गिरिजालाई गणतन्त्रको मुख्य नाइके भनेर सराप्नु नामर्दपन र कुतर्क हो । ज्ञानेन्द्रले गिरिजालार्इ धसाउन खोजेकै हुन । गिरिजाले पनि ज्ञानेन्द्रलार्इ धसाउन खोजे के अनौठो भयो ? चाहे वैदेशिक शक्ति कै नलिनुपर्ने सहयोग लिएको होस् ।


पश्चिमी प्रभाव र एनजीओ–आईएनजीओको यो हदसम्मको चलखेलमा तत्कालिन दरवार पनि चोखो छैन । पिसकोरलाई प्रवेश गराउने त राजा महेन्द्र नै हुन । उनकै पालामा आईएनजीओको योजना अनुरुपको पाठ्यक्रम तयार गरिएको हो । दरवारका सदस्यहरु पनि डलरमा लठ्ठिएर कुनै न कुनै आईएनजीओमा संग्लग्न भएकै हुन् ।


ज्ञानेन्द्रले गिरिजालाई गलाउन माओवादीलाई आन्तरिक सहयोग गरेकै हुन । प्रचन्डलाई पटक पटक भेटेकै हुन। सरकार असफल पार्न सेनालार्इ त्यही अनुसार प्रयोग गरेकै हुन । ज्ञानेन्द्र समुहले संवैधानिक राजतन्त्रको मुद्धा उठाउनु नै बेतुक हो जस्तो लाग्छ । बरु सिधै सक्रिय राजतन्त्रको मुद्दा सान्दर्भिक हुन्छ । किनकी हुँदाछँदाको संवैधानिक राजसंस्था हुँदाहुँदै किन प्रत्यक्ष शासनमा हात हाल्न परेथ्यो ? संवैधानिक राजसंस्था अन्तर्गतको सरकारलाई किन बेला बेला छिर्के हान्नु परेथ्यो ? बदनाम भए राजनीतिक दल र नेताहरु हुन्थे ? राजा झन लोकप्रिय हुन्थे । देशमा यो परिस्थिती आउनुमा ज्ञानेन्द्रलाई चोखो देख्नु अर्को दृष्टि भ्रम हो ।

–पश्चिमी प्रभाव र एनजीओ–आईएनजीओको यो हदसम्मको चलखेलमा तत्कालिन दरवार पनि चोखो छैन । पिसकोरलाई प्रवेश गराउने त राजा महेन्द्र नै हुन । उनकै पालामा आईएनजीओको योजना अनुरुपको पाठ्यक्रम तयार गरिएको हो । दरवारका सदस्यहरु पनि डलरमा लठ्ठिएर कुनै न कुनै आईएनजीओमा संग्लग्न भएकै हुन् । ईसाइ मिशनरीको अखडा सेन्ट मेरिज र सेन्ट जेभियर्सलाई निर्बाध संचालन हुन दिएकै हो ।

–समष्टिमा , यो देशलाई चिथोर्न , निचोर्न र थिलाथिला पार्ने सवालमा कोही पनि चोखा छैनन । त्यसोहुँदा एउटा नांगिदा अर्कोले आफ्नो मान बढेको ठान्नु बेकार हो । कम र वेसी हो तर कम्युनिस्टहरुले सबैलार्इ पछारेर बाजी मारे । यिनीहरु त कल्पनै गर्न नसकिने गरि चुर्लुम्म डुबे । यस विषयमा अलिबढी संवेदनशील राजा महेन्द्र हुन । तर उनी पनि कांग्रेसको त्रासमा चुके र पश्चिमी आईएनजीओहरुलाई ढोका खुल्ला राखे । बीचमा नियन्त्रण गर्ने प्रयास भने नगरेका पनि होइनन तर कांग्रेससँगको दुरी त्रासको कारण बन्यो र यो दुरी अझ फराकिलो बनाउँदै आफ्नो दुनो सोझ्याउने महेन्द्र वरिपरिकै मन्डलेहरु थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार