धर्म परिवर्तनका लागि प्रधानमन्त्री ओलीले पाएको बक्सिस् !


Share This

नेपालबहस संवाददाता    

♦ देवेन्द्र चुडाल ♦
लामो समयदेखि विवादमा आएका कोरियाको युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को दुई दिने एशिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी ओलीलाई एक लाख डलर राशीको नेतृत्व र सुशासन पुरस्कारसहित सुनको तक्मा दिइयो ।

सो पुरस्कार युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्रीलाई दिएकी थिइन् । सो पुरस्कारलाई कोरियामा नोबल पुरस्कार सरह मानिन्छ भन्ने क्रिश्चियनहरुले हल्ला चलाउने गरेपनि त्यसमा कुनै दम देखिँदैन । एकजना व्यक्तिको निर्णयबाट दिइने पुरस्कारलाई पुरस्कार नभनी बक्सिस् दिएकोभन्दा फरक पर्दैन ।

अन्तर्राष्ट्रिय र स्वदेशी पुरस्कार वितरणको लागि पुरस्कार वितरण कमिटी गठन गरिएको हुन्छ । पुरस्कार पाउने व्यक्तिको योगदानको चर्चा गरिन्छ । यी सबै प्रावधानहरु पूरा गरेपछि मात्र पुरस्कार दिने निर्णायक मण्डलबाट निर्णय गरेर पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गर्ने गरिएकोमा के हाम्रा प्रधानमन्त्रीले पाउनुभएको पुरस्कारले त्यो सबै प्रक्रियाहरु पूरा गरेको छ त ? अन्तर्राष्ट्रिय जगत्मा यो पुरस्कारको कुनै महत्व छैन । १ लाख डलरसहितको सुनको तक्मा पाएकोमा धेरैलाई खुशी लागेको भएपनि १ लाख डलर र सुनको तक्माको मूल्य भने सम्पूर्ण नेपाली जनताले चुकाउर्नै पर्ने अवस्था आउन सक्छ ।

सरकारले सम्मेलनको सफलताको लागि मात्र आफूले काम गरेको बताएतापनि समारोहस्थलमा पुग्दा सरकारको प्रत्यक्ष संलग्नता देखिएको थियो । सरकारको आदेशविना स्थानीय तहका प्रमुख उपप्रमुखहरु उपस्थित हुन सक्दैन थिए । आर्शिवाद लिन आएका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै चर्च प्रमुख हक जा हान मुनले नेपाललाई विशिष्ठ इसाईमुलुक बनाउन आर्शिवाद दिएकी थिइन् ।

केपी ओली २०७४ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए, दोस्रो पटक तर उक्त चर्चले जेष्ठमै हाम्रा प्रधानमन्त्रीलाई सुशासन सम्बन्धी पुरस्कार दिने निर्णय गरेको थियो रे । ३ महिनाकै समयमा हाम्रा प्रधानमन्त्रीले के त्यस्तो चमत्कार गरे ? तिनै महिनामा सुशासनसम्बन्धी पुरस्कार पाउने । प्रधानमन्त्री ओलीले आफूले पाएको रकम बालबालिकाका क्षेत्रमा खर्च गर्ने गरि सरकारी कोषबाट त्यत्तिनै रकम थपी कोष स्थापना गर्ने घोषणा गरेका छन् । त्यसलाई स्वागतयोग्य कदम स्वीकार गर्नैपर्दछ । प्रश्न त्यत्तिमात्र होइन युनिफिकेशन चर्चकी प्रमुखले प्रधानमन्त्रीदेखि उच्चतहका सरकारी कर्मचारी र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई आर्शिवाद लिन उपस्थित हुने उर्दी जारी गर्नुको उदेश्य के हुन सक्छ ?

सरकारले सम्मेलनको सफलताको लागि मात्र आफूले काम गरेको बताएतापनि समारोहस्थलमा पुग्दा सरकारको प्रत्यक्ष संलग्नता देखिएको थियो । सरकारको आदेशविना स्थानीय तहका प्रमुख उपप्रमुखहरु उपस्थित हुन सक्दैन थिए । आर्शिवाद लिन आएका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै चर्च प्रमुख हक जा हान मुनले नेपाललाई विशिष्ठ इसाईमुलुक बनाउन आर्शिवाद दिएकी थिइन् ।


ती महिलालाई जापान, अमेरिका, बेलायत, भारतलगायत अन्य धेरै मुलुकमा जान प्रतिबन्ध लगाइएको छ । अमेरिकामा त जासुसी गरेको भन्दै १८ महिना जेल समेत हालिएको थियो भने उत्तर कोरियामा पाँच वर्ष जेलमा राखिएको थियो । आफूलाई भगवान् जिसस क्राइष्टकी एक्ली छोरी भन्ने दाबी गर्नेले किन जेल तोडेर बाहिर आउन सकिनन् ? साँच्चिकै उनी भगवान् हुन् भन्ने विश्वास गर्नेहरुले त्यसको जवाफ दिनुपर्दैन र ?


यसरी एउटी विदेशी महिला त्यसमा पनि धेरै देशमा जान उनलाई प्रतिबन्ध लगाइएको छ , ले स्वतन्त्र, सार्वभौम सम्पन्न मुलुकमा आएर तपाईहरु यसो गर्नुहोस्, उसो गर्नुहोस् भनेर आदेश दिँदा केपी ओली नेतृत्वको सरकार किन लाचार छाँयाजस्तो मात्र बन्यो । सार्वभौमसत्ता सम्पन्न मुलुकका जनतालाई आदेश दिने विदेशी महिलालाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुको बदला सरकार प्रमुखले तिनै विवादित महिलाबाट पुरस्कार लिनु नेपाली जनताकै अपमान हो । ती महिलालाई जापान, अमेरिका, बेलायत, भारतलगायत अन्य धेरै मुलुकमा जान प्रतिबन्ध लगाइएको छ । अमेरिकामा त जासुसी गरेको भन्दै १८ महिना जेल समेत हालिएको थियो भने उत्तर कोरियामा पाँच वर्ष जेलमा राखिएको थियो । आफूलाई भगवान् जिसस क्राइष्टकी एक्ली छोरी भन्ने दाबी गर्नेले किन जेल तोडेर बाहिर आउन सकिनन् ? साँच्चिकै उनी भगवान् हुन् भन्ने विश्वास गर्नेहरुले त्यसको जवाफ दिनुपर्दैन र ?

युनिभर्सल चर्चका नेपाल प्रतिनिधि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल हुन् । उनी सभासद् हुँदै मन्त्रीसमेत भएका र आफू मन्त्री भएकै बेला त्यही चर्चको खर्चमा उनले विभिन्न व्यक्तिहरुलाई विदेश भ्रमण गराउने उनको धन्दा अहिले पनि चालु नै रहेको छ । आफ्नो प्रभावमा पर्ने केही उच्च तहका पदाधिकारीहरुलाई सुशोभन गर्ने तथा विदेश भ्रमण गराएर इसाई धर्म विस्तार गर्ने व्यक्तिका रुपमा ढकाल चिनिन्छ । उनले पत्रकार, राजनीतिक व्यक्ति, वकिललगायत सांसदलाई समेत विदेश भ्रमण गराउँदे आएका छन् । विभिन्न नाम दिएर विभिन्न व्यक्तिलाई पुरस्कार दिने र उनीहरबाट आफ्नो कार्य सम्पन्न गर्ने कार्यमा माहिर ठानिएका ढकालले पछिल्लो समयमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रयोग गर्न सफल भएका छन् । माधव नेपालले प्रधानमन्त्री ओलीलाई शान्ति सम्बन्धी कार्यक्रम भएकोले प्रमुख अतिथि हुन आग्रह गरेको भन्दै प्रधानमन्त्रीले पछिल्लो समयमा आफूलाई माधव नेपालले आफूँलाई फसाएको आरोप आफु निकटहरुसँग बताउँदै आएका छन् ।

जेहोस् विवादित चर्चको सहयोगी हाम्रो सरकार र हाम्रा प्रधानमन्त्री ओली बनेका छन् । मन्त्रीहरुसहित सुरक्षा निकायका उच्चतहका व्यक्तिहरु र सरकारी वरिष्ठ अधिकारीहरु होटल हायातमा लामवद्ध भएका मात्र होइन युनिभर्सल पिस फेडेरेशनद्वारा आयोजित कार्यक्रममा सेना र प्रहरी परिचालन गर्नु पदको दुरुपयोग बाहेक अन्य केही हुन सक्दैन । उक्त विवादित सम्मेलनमा आएका व्यक्तिहरु अन्तर्राष्ट्रिय जगतमै विवादको घेरामा परेका छन् । म्यानमारकी नेतृ आङसाङ सुकीलाई विश्वका १३ वटा मुलुकले आफ्नो मुलुकमा आउन प्रतिवन्ध लगाएका छन् भने नोबल शान्ति पुरस्कारसहित अन्य सबै पुरस्कार र उनलाई दिएका मानार्थ नागरिकता र डाक्टरको उपाधि समेत पछिल्लो समयमा खोसिएको छ । नोबेल पुरस्कार दिने संस्थामा राखिएको उनको तस्वीरसमेत त्यहाँबाट हटाइएको छ भने विश्वका धेरै विश्वविद्यालयहरुले उनलाई दिएको डाक्टरको उपाधी समेत खोसिसकेको अवस्थामा हाम्रो सरकारले उनको चाकडी गर्नुको अर्थ के ?

पैसा प्रयोग गरेर पैसाको दुरुपयोग गर्दै इसाईको दुरुपयोग गरेको आरोप यिनीमाथि लाग्ने गरेको भएपनि यिनलाई स्वागत गर्न पाउँदा र यिनको लोग्नेको शुक्रकिट मिसाइएको वाइन खान पाउँदा हाम्रा सुरक्षा निकायदेखि प्रधानमन्त्री हुँदै मन्त्री अनि जनप्रतिनिधिहरु भने मक्ख भएका छन् । कठै विचराहरु ! एउटी आइमाईको जालमा परेर आफ्नो राजनीतिक भविष्यमै दाउ लागेको उनीहरुलाई के थाहा ?

कम्बोडियामा भएको पछिल्लो निर्वाचनलाई विश्वले समर्थन गरेको छैन भने संयुक्त राष्ट्रसंघले समेत त्यसलाई मान्यता नदिएको अवस्थामा त्यस्ता व्यक्तिहरुलाई बोलाएर युनिभर्सल पिस फेडेरेशनले दुई दिने सम्मेलन गर्नुको कुनै अर्थ रहँदैन । सम्मेलनलाई ओली नेतृत्वको सरकारले सहयोग गरेकै कारण ओलीलाई स्वघोषित १ लाख डलरको पुरस्कार दिइएको हो । विश्वका कुनैपनि मुलुकमा यो फाउन्डेशनलाई सम्मेलन गर्न नदिएपछि सत्ताधारी दलकै नेताहरुको दबावमा सरकारले सम्मेलन गर्न अनुमति दिएको थियो । पेरुजस्तो मुलुकमा समेत यो सम्मेलन गर्न दिइएको थिएन । कारण थियो युनिफिकेशन चर्चकी प्रमुख मुनलाई अन्य इसाई मुलुकहरुले नै इसाई स्वीकार गरेका छैनन् ।

पैसा प्रयोग गरेर पैसाको दुरुपयोग गर्दै इसाईको दुरुपयोग गरेको आरोप यिनीमाथि लाग्ने गरेको भएपनि यिनलाई स्वागत गर्न पाउँदा र यिनको लोग्नेको शुक्रकिट मिसाइएको वाइन खान पाउँदा हाम्रा सुरक्षा निकायदेखि प्रधानमन्त्री हुँदै मन्त्री अनि जनप्रतिनिधिहरु भने मक्ख भएका छन् । कठै विचराहरु ! एउटी आइमाईको जालमा परेर आफ्नो राजनीतिक भविष्यमै दाउ लागेको उनीहरुलाई के थाहा ?

हाम्रो संविधानले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको भएपनि संविधानको भावना र अक्षरको ध्वज्जी ओली सरकारले उडाएको छ । संविधानमा उल्लेख गरिएका प्रावधानहरुसमेत पूरा नगरी प्रधानमन्त्रीले पुरस्कार लिनु र विवादास्पद म्यानमारकी आङसाङ सुकीलाई र कम्बोडियाका प्रधानमन्त्रीलाई सम्मेलनमा भाग लिएकोमा धन्यवाद दिनुले इसाईहरुको सम्मेलन गराउन सरकार नै प्रत्यक्ष संलग्न रहेको प्रमाणित हुन्छ । एउटा गैरसरकारी संस्थाको सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रधानमन्त्री नै आफ्नो सरकारी निवास छोडेर ३ दिनसम्म पाँचतारे होटल सोल्टीमा बास बस्नुले प्रष्ट हुन्छ सम्मेलन गराउन र सफलतापूर्वक सम्पन्न गर्न सरकारको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ । ओली सरकारको अदुरदर्शी नीति र कम्युनिष्टहरुको चरित्रले गर्दा नेपाललाई इसाईको केन्द्र बनाउन चर्च सफल भएको छ ।


विदेशी दलालहरुले उनीहरुकै प्रभावमा पारेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि धर्म परिवर्तन गराउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई हिन्दुहरुको पवित्र तिर्थस्थलका रुपमा विकास गर्नुको बदला डलरवादीहरुले डलर खाएर नेपाल र नेपाली जनताको अस्तित्व नै संकटमा पार्ने उदेश्यले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।


चर्चले भनेअनुसार ४५ देशका प्रतिनिधिहरु १ हजार ५ सयले इसाई पाहुनाहरुले अब हिन्दुराज्य नेपाललाई हामीले इसाई राज्य बनायौं भनेर विश्वभरमै प्रचार प्रसार गर्नेछन् । यसले गर्दा तिन करोड नेपाली जनताको शिर झुकेको छ । प्रधानमन्त्री ओलीले नेपाली जनताको शिर झुकाउने काम गर्दिन भनेर पटकपटक बोलेपनि पछिल्लो समयमा उनले नेपाली जनतालाई रुवाउँदै नेपाली जनताको विश्वमै शिर झुकाउने काम गरेका छन् । पृथ्वीनारायण शाहले १८२५ मा पादरीहरुलाई नेपालबाट लखेटेको इतिहास साक्षी रहेका बेला नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि ईसाईहरुको लागि नेपालमा सम्मेलन गर्नु यो उनीहरुको लागि दोस्रो ठूलो विजय हो ।

विश्वमा अहिले १ सय ५७ वटा ईसाई राष्ट्र रहेका छन् भने मुसलमानहरुको ५२ राष्ट्र रहेका र अन्यमा १२ छन् भने विश्वमै एकमात्र हिन्दुराष्ट्र रहेको नेपाललाई डलरको खेती गर्ने विदेशी दलालहरुले उनीहरुकै प्रभावमा पारेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि धर्म परिवर्तन गराउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाललाई हिन्दुहरुको पवित्र तिर्थस्थलका रुपमा विकास गर्नुको बदला डलरवादीहरुले डलर खाएर नेपाल र नेपाली जनताको अस्तित्व नै संकटमा पार्ने उदेश्यले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको हो ।

विश्वभरका सबै हिन्दुहरुले अब नेपाललाई हिन्दुराष्ट्र नै कायम गर्न सरकारलाई दबाब दिनुको विकल्प छैन । मुसलमानहरुको जसरी मक्का मस्जिदलाई पवित्र तिर्थस्थल भनिन्छ त्यस्तै पशुपतिनाथलाई हिन्दुहरुको पवित्र तिर्थस्थल बनाउन सकेको खण्डमा नेपाल विश्वमै परिचित हुने र त्यसले गर्दा हामी नेपालीको शिर विश्वमै उच्च हुने प्राय निश्चित नै छ । त्यसैले नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गर्न लागौं । यसैमा सबैको कल्याण हुनेछ । ( चुडाल अभियान साप्ताहिकका सम्पादक / प्रकाशक हुन् )

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार