बैंकहरु सहकारीमा रुपान्तरण हुन थालेपछि अर्थमन्त्री हायल कायल !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठनपछि शेयर बजारमा लगातार पहिरो जानु र बैंकहरुले अन्धाधुन्द निक्षेपमा व्याज बढाउन थालेपछि बल्ल अर्थमन्त्री डा. युवराज खतिवडाको घैंटोमा घाम लागेको छ । वित्त बजार र पूँजी बजारमा देखिएको असन्तुलन र विकृतीमाथि एक साताभित्र अध्ययन गरी समाधानका राय सुझाव दिन उच्चस्तरीय समिति गठन भएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिलाई जम्मा ७ दिनको समय सीमा दिइएको छ । समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, लगानी कर्ताका प्रतिनिधि, अर्थमन्त्रालयका सहसचिव लगायत रहेको अर्थमन्त्रालयले जनाएको छ ।

 निक्षेपमा नै बैंकहरुले १६ प्रतिशत ब्याज दिन थालेपछि बैंकबाट ऋण लिने उद्योगी व्यवसायीहरु पनि अत्तालिन पुगे । उद्योग बाणिज्य महासंघले त अर्थमन्त्री, गभर्नर र सरकारलाई नै यस बारेमा गम्भिर ध्यानाकर्षण गरायो । निक्षेपको ब्याजदर नै १६ प्रतिशत पुग्दा बैंकको आधार दर बढेर ऋणको ब्याज पनि २१/२२ प्रतिशत पुग्ने अवस्था देखियो । वाणिज्य बैंकहरु सहकारी संस्थामा रुपपान्तरण हुने अवस्था देखापर्यो । बैंकको ब्याजदरमा लगातारको बृद्धिपछि शेयर लगानीकर्ताहरुमा पनि ठुलै संन्त्रास फैलियो । किनभने बैंकले मार्जिन कल गर्न थालिसकेको थियो ।

नेपाल बहस डटकमले देशको अर्थतन्त्र र यससँग जोडिएका राजनीतिक पक्षलाई समेटेर हाम्रा पाठकहरुलाई जानकारी दिने अभियान जारी राखेको छ । सफल अर्थमन्त्रीको मापदण्ड राजश्व बृद्धि होईन भन्ने शिर्षकको समाचार दशैं अघि नै हामीले पाठक सामु पस्किसकेका थियौँ । यसपछि हामीले ओली सरकार गम्भीर आर्थिक संकटमा : चालु खाता घाटा रु. ८२ अर्ब पुग्यो भन्ने शिर्षकमा समाचार प्रकाशन गरेका थियौँ । त्यस लगत्तै बैंकर्स संघको कमजोर नेतृत्व : अध्यक्ष ढुंगाना असक्षम सावित  भन्ने शिर्षकमा अर्को समाचार हामीले नै ब्रेक गरेका थियौं । जसका कारण एकपछि अर्को गर्दै लगभग डेढमहिनाको अन्तरालमा हामीले उठाएको आवाज सत्य सावित भएको छ । हामीले हाम्रा पाठक सामु सहि सूचना सम्प्रेषण गर्न आफ्नो स्थानबाट प्रयास जारी राखेका छौँ । हिजो मात्र २३ गतेदेखि रिले अनशन ! अर्थमन्त्रीको राजिनामा माग शिर्षकमा समाचार प्रकाशन गरेका थियौँ ।

यही २३ गतेदेखि अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ताहरु रिले अनशनमा बस्ने घोषणा भएपछि अत्तालिएका अर्थमन्त्रीले आजै उच्चस्तरीय बित्तीय समन्वय समितिको बैठक डाकेर उपरोक्त निर्णय गरेका हुन् । साथै गत मंगलबार मात्रै बैंकर्स संघले आफ्नो पूर्व भद्र सहमती तोड्दै व्यक्तिगत निक्षेपमा बैंकहरुलाई खुल्ला व्याजदर तोक्नसक्ने गरि लगाम छोडिदिएपछि वाणिज्य बैंकहरुबीचमा व्याजदर बढाउने होडबाजी नै चल्यो ।

बैंकर्स संघको नालायक नेतृत्वका कारण आफ्नो पूर्व अडानबाट पछि हटेको दुई दिन भित्रै ब्याजदर साढे तेह्र प्रतिशतसम्म पुग्यो । यो क्रम रोकिने छाँटकाँट अझै देखिँदैन । निक्षेपमा नै बैंकहरुले १६ प्रतिशत ब्याज दिन थालेपछि बैंकबाट ऋण लिने उद्योगी व्यवसायीहरु पनि अत्तालिन पुगे । उद्योग बाणिज्य महासंघले त अर्थमन्त्री, गभर्नर र सरकारलाई नै यस बारेमा गम्भिर ध्यानाकर्षण गरायो । निक्षेपको ब्याजदर नै १६ प्रतिशत पुग्दा बैंकको आधार दर बढेर ऋणको ब्याज पनि २१/२२ प्रतिशत पुग्ने अवस्था देखियो । ‘क’ वर्गका भनिएका वाणिज्य बैंकहरु नै  सहकारी संस्थामा रुपपान्तरण हुने अवस्था देखापर्यो । बैंकको ब्याजदरमा लगातारको बृद्धिपछि शेयर लगानीकर्ताहरुमा पनि ठुलै संन्त्रास फैलियो । किनभने बैंकले मार्जिन कल गर्न थालिसकेको थियो ।

एकातिर स्थानिय तहको ४० अर्ब पाए लगतै बैंकहरुले व्याजदर बढाउन थाल्नु, निजी क्षेत्रको घण्टी बज्नु र ८ प्रतिशतको आर्थिक वृद्धि दरमा नै प्रतिकुल प्रभाव पर्ने देखिएपछि अर्थमन्त्री खतिवडा पनि हायल–कायल भए । शेयर बजारप्रति भिलेनका रुपमा प्रस्तुत हुँदै आएका खतिवडाको घमण्ड वित्त बजार र पूँजी बजारको अस्तव्यस्तताले चकनाचुर पारेको छ । अब समितिले दिने सुझाव पछि मात्र अर्थमन्त्रालयले विद्यमान समस्या सुल्झाउन ठोस कदम चाल्ने बताइएको छ । यसका लागि अझै एक साता कुर्नुपर्ने भएको छ ।

निक्षेप ब्याजदरमा कुमारी बैंक अघिअघि,अरु पछि पछि ……

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार