मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डा. मल्ल बर्खास्त


Share This

नेपालबहस संवाददाता    

सुर्खेती शिक्षा प्रेमी ‘शक्ड’

काठमाडौँ । कांग्रेस भएकै कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ । विश्वविद्यालय सिनेटको बिहीबार बसेको बैठकले मल्ललाई विनाकारण बर्खास्त गर्ने निर्णय गरेको हो। यसबारेमा सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।

उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको छ । मल्ल कांग्रेस निकट हुँदा कार्की भने नेकपाका निकट व्यक्ति हुन । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत कार्की काजमा शिक्षाशास्त्र संकायमा डिन थिए।

तत्कालीन एमालेमा आबद्ध उनी बीचमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए। उनी विद्यावारिधिका लागि अनुसन्धान गरिरहेका छन् ।

मल्लले लामो समय सुर्खेत क्याम्पस शिक्षामा काम गरेका थिए । क्याम्पस विश्वविद्यालयमा गाभिएपछि उनी विश्वविद्यालयका रजिष्टार भएका थिए ।

युवा, नयाँ सोच र जाँगरका कारण पनि मल्ल सुर्खेती शैक्षिक जगतका प्रिय मानिन्थे । तर बिहीबारको सिनेट बैठक निर्णयबाट सुर्खेती शिक्षा प्रेमी ‘शक्ड’ बनेका छन ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार