खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै


Share This


नेपालबहस संवाददाता    189 Views

ललितपुर । गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ । अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताए ।

चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो । अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन् ।

अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन् । अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठ बताए।

अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तर लगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया