बेसार तरकारीमा मात्र होइन, औषधिमा पनि काम लाग्छ


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । हामी हरेक छाक तरकारीमा बेसार राखेर मात्र खान्छौँ । बेसार नराखेको तरकारी हामी सायदै पकाउँछौँ । सामान्यतया हरियो सागपातमा बेसार नराखेको राम्रो मानिन्छ र राखिँदैन पनि । तर बेसारको उपयोग केवल तरकारीमा राख्नका लागि मात्र गरिँदैन । बेसारले कतिपय रोग निवारणमा पनि उल्लेख्य भूमिका खेलेको हुन्छ भन्दा सायद धेरैलाई थाहा नहुन सक्छ ।

यी रोगको उपचारमा बेसारको उपयोग हुन्छ !

मधुमेह
धेरै पटक पिसाब गरिरहनुपर्ने पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह भएमा पनि बिहान बेलुका १।१ चम्चा शुद्ध राम्रो बेसारको धुलो पानीसग खाने गरेमा एक दुई हप्तामै ठीक हुन्छ ।

आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धुलोलाई गाईको घ्युमा मुछेर बेलुका सुत्ने बेला गाजल लगाउने गरेमा आँखा रातो भएको, घाउभएको, जाले हुन लागेको, धमिलो भएको आदि एक दुई हप्तामै निको गर्छ र सधैँ लगाएमा आखामा कहिल्यै खराबी हुँदैन ।

कुनै पनि घाउ खटिरा वा काटेकोमा
राम्रो शुद्ध बेसारको धुलो ५० ग्राम तोरी वा तिलको तेलमा पकाउनेराम्ररी पाकी सकेपछि सिसामा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा लगाउन सकिन्छ, र कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

शरीर सुनिएमा मर्केमा
५ ग्राम राम्रो शुद्ध बेसार दुधमा पकाएर २ ४ दिन सेवन गर्नाले सरिर सुन्नीएको वा मर्केको ठीक हुन्छ ।

पेट फुल्ने रोग भएमा
हावा भरिएर पेट फुल्ने, दुख्ने रने भएमा १ चम्चा बेसार र १ चम्चा नुन विहान बेलुका १ गिलास पानीमा पकाएर खाने गर्नाले ठीक हुन्छ ।

कफ जमेर दम भएमा
आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसग खाएमा कफ जमेर हुने दम ठीक हुन्छ ।

रुघाखोकी लागेमा, सर्दी भएमा
ज्वानो र बेसार १ चम्चा दिनको तिन पटक १ गिलास पानीमा पकाएर खाने गर्नाले रुघा पाक्छ र चाडो ठीक हुन्छ ।

मुखमा, घाँटीमा खटिरा आएमा
२ चम्चा बेसार २ जिलास पानीमा पकाउने १ गिलास भएपछि दिनको दुई पटक कुल्ला गर्ने गरेमा ठीक हुन्छ ।

खोकी लागेमा
१ गिलास दुधमा १ चम्चा पानी हालेर उमालृर दिनको दुई पटक खान दिएमा ठीक हुन्छ ।
बेसारको टुक्रा पोलेर सुत्ने बेलामा चुस्ने गरेमा खोकी ठीक हुन्छ ।

टन्सिल भएमा
टन्सिल दुःखेमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुदै जान्छ ।

हात्ती पाइले रोगमा
गहुँत आधा गिलास १ चम्चा बेसार, १ चम्चा शखर हालेर नित्य विहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुदै जान्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State