कोरियन भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । इपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौंका १६ परीक्षा केन्द्रमा परीक्षा भएको थियो ।

७ वटा केन्द्रबाट अर्काको परीक्षा दिन राहदानी, प्रपेशपत्र लिई परीक्षा दिइरहेको अवस्थामा ४७ जना पक्राउ परेका हुन् । सबैभन्दा धेरै जेभियर स्न्टरनेशनल स्कुल केन्द्रबाट १३ जना र भीएस निकेतन कजेल तिनकुनेबाट ११ जना पक्राउ परेका छन् ।

टाइम्स इन्टरनेनल कलेजबाट ८ तथा नोबल कलेज र युनिभर्सल कलेजबाट ५/५ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये १ जना महिला छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार