पाल्पामा १७ जना कुष्ठरोगका बिरामी फेला


Share This

नेपालबहस संवाददाता    

पाल्पा । पाल्पा जिल्लामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले बताए ।

यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको औषद्योपचार पूरा गरेको उनको भनाइ छ । समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था रहेको कुष्ठरोग अधिकृत न्यौपानेले बताए ।

जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिने गरेको जिल्लल अस्पताल पालल्पाले जनाएको छ । कुष्ठरोग लागेमा नियमित औषधि सेवन गरियो भने यो रोग निको हुने डाक्टरहरुले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State