शिक्षामा आधारित मोन्टेसरी तालिम सम्मपन्न ‘तस्विर’


Share This


नेपालबहस संवाददाता    87 Views

वीरगन्ज । लधु व्यवसाय विकाश कोषको आयोजनामा मोन्टेसरी शिक्षामा आधारित तालिम सम्मपन्न भएको छ । महिला विकास समितीले संचालन गर्दै आएको उक्त तालिमका २५ जना प्रशिक्षार्थी शिक्षिकाहरुलाइ एक कार्यक्रम बिच प्रमाण पत्र बितरण गरिएको छ ।

लघु वयवसाय विकास कोषका अध्यक्ष अरविन्द आमात्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ट अधिकृत सुमन श्रेष्टले घर बनाउदा जग बलियो बनाउने पर्ने सत्य कथन जस्तै बालबालिकाको उज्जवल भविष्यको लागी मोन्टेसरी शिक्षामा आधारित अध्ययन अध्यापनको अनिवार्य आवश्यकता रहेको बताए ।

कार्यक्रमामा बोल्दै महिला विकास समितीकी अध्यक्ष चचंला दासले महिलाहरुलाइ तालिमको समयमा प्रदान गरिएको शिक्षाका आधारभुत सिद्धान्तहरुलाइ उनीहरुले स साना नानिहरुको उज्जवल भबिष्य बनाउन उपयोगी हुने बताइन् । कार्यक्रमा बोल्दै लधु व्यवसाय विकास कोषका सचिव प्रेमचन्द्र प्रसादले तालिमको बारेमा प्रकाश पारे ।

तपाईको प्रतिक्रिया