चौथों अन्तराष्ट्रिय योग दिवस २०१८ सम्पन्न


Share This


नेपालबहस संवाददाता    232 Views

नेहाल खान

बिरगंज । भारतिय महावाण्ज्यि दुतावास बिरगंज द्धारा आयोजित चौथों अन्तराष्ट्रिय योग दिवस २०१८ बिरगंज को उधोग वाण्ज्यि संघ को सभाहलमा सम्पन्न भएको छ ।

चौथों अन्तराष्ट्रिय योग दिवस २०१८ को योग शिविर देश को विभिन्न स्थानहरु मा छुट्टाछुट्टई मिती मा सञ्चालन भई रहेको छ । योगबाट निरोग रहनु भन्ने नारा का साथ योग प्रशिक्षण विरगंज उद्योग वाणिज्य संघ को सभाहल मा २ घण्टा सम्म गराईएको थियो ।

योग प्रशिक्षण मा महिला, पुरुष तथा बालबालिका हरु को पनी प्रवल सहभागीता रहेको थियो । प्रत्यक वर्ष भारतीय महावाणिज्य दुतावास काठमाण्डौ र विरगंजले चरणबद्ध रुपमा मुलुक का विभिन्न सहरहरु मा गराउने क्रममा विरगंज मा पनि गरिएको छ ।

कार्यक्रममा भारतिय महावाण्ज्यि दुतावास बिरगंज का महावाण्ज्यि दुत बि.सि. प्रधान, उप–महावाणिज्य दुत रमेश प्रसाद चतुर्वेदी, वाणिज्य दुत बि.सुरेश कुमार, एम.कोट्रा स्वामी, उधोग वाण्ज्यि संघ बिरगंज अध्यक्ष ओमप्रकाश शर्मा, योग गुरु पि.पि. कृष्नन जिल्ला प्रहरी पर्सा का प्रहरी उपरिक्षक रेवती ढकाल, र भारतीय टेलिभिजन दुरदर्शन का रंगोली पाण्डे, अर्विन्द सिंह, डि.के अजाद लगायत को उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया