३४ दिनदेखि अनशनरत गंगामायाको स्वास्थ्य स्थिर


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । वीर अस्पतालमा गत ३४ दिनदेखि अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था सोमबार स्थिर रहेको छ ।गंगामायाको स्वास्थ्य एक दिनअघि आइतबार संकटपूर्ण बनेको थियो । त्यसताका उनको रगतको टोटल काउन्ट २३९०० पुगेको थियो भने रक्तचाप ९०/६० मा झरेको थियो ।

‘सोमबार उनको स्वास्थ्य स्थिर छ,अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतका अनुसार गंगामायालाई एन्टिवायोटिक र रक्तचाप बढाउने औषधि समेत दिइएको छ । सोमबार साँझ ५ बजे गंगामायाको रक्तचाप १२०/७० रहेको थियो ।

सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ। आफू ५ वर्षदेखि बस्दै आएको वीर अस्पतालमा उनी अनशन गरिरहेकी छन् । १३ वर्षअघि भएको छोराको हत्यामा न्याय पाउनुपर्ने माग राख्दै उनी निरन्तर आन्दोलन र अनशन बस्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया