औलो रोगको संक्रमण बढ्दो, औषधिसहित विशेषज्ञ टोली मुगु जादै


Share This


नेपालबहस संवाददाता    62 Views

मुगु । मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ ।

उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखीएको छ ।

औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधिको अभाव देखिएको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब मुकुन्द कार्कीले बताए ।

रोगको नियन्त्रणका लागि अस्पतालसंग भएको औषधि र आवश्यक जनशक्ति प्रयोग भइरहेको जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेश्वर श्रेष्ठले बताए । बिरामीको उपचारका लागि रोग नियन्त्रण शाखा टेकु काठमाडौँबाट औषधिसहित औलो रोग विशेषज्ञ टोली मुगु आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया