के तपाई एलएलबी पढ्ने सोचमा हुनुहुन्छ ? आजदेखि भर्ना शुरु


Share This


नेपालबहस संवाददाता    124 Views

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकाय अन्तर्गत सञ्चालित एलएलबी प्रथम वर्षको भर्ना विहीवारदेखि शुरु हुने भएको छ ।

कानून संकायका डिन प्रा.डा. ताराप्रसाद सापकोटाले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै विहीबारदेखि विद्यार्थीको भर्ना शुरु गरिने जानकारी गराएका हुन् ।

उक्त संकायमा नेपाल ल क्याम्पसमा आठ सय र अन्य छ वटा क्याम्पसमा पाँच सय भन्दा बढी नहुने गरी प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीमध्येबाट योग्यताक्रमका आधारमा भर्ना गर्ने नेपाल ल क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संगठनहरुको सहमति र विद्यापरिषद् स्थायी समितिबीच यसअघि सहमति भएको थियो ।

तर उक्त सहमतिविरुद्ध नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीको समूह र विभिन्न सङ्घ तथा एकाइ समितिहरुले डीनको कार्यालयमा तालाबन्दी गरी विद्यापरिषद्को वैठक बोलाउन समेत अवरोध गरेका कारण विगतको सहमति कार्यान्वयन हुन नसक्ने भन्दै भर्ना प्रक्रिया अगाडि बढाउन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया