भृकुटीमण्डपमा ३ दिने शैक्षिक मेला आजदेखि सुरु


Share This


नेपालबहस संवाददाता    112 Views

काठमाडौं । कक्षा १२ र स्नातक तह सकेर उच्चशिक्षा पढ्ने तयारी गरेका विद्यार्थीलाई कलेजहरूको जानकारी दिने उद्देश्यले शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा शैक्षिक मेला सुरु भएको छ ।

३ दिने मेलामा स्वेदशी र विदेशी गरी १ सयभन्दा बढी विश्वविद्यालय र शैक्षिक संस्थाबारे जानकारी लिन सकिनेछ ।

काठमाडौं पोस्ट शैक्षिक मेला ‘मेगा एडुकेसन फेयर’ मा नेपाल र विदेशका कुन कलेजमा के सुविधा छ, के–के विषय पढाइ हुन्छ, कति शुल्क लाग्छ भनेर जानकारी दिइनेछ । राइट इभेन्टको सहकार्य र द ब्रिटिस कलेजको मुख्य प्रायोजनमा मेला आयोजना गरिएको हो ।

कलेज सञ्चालक, प्रिन्सिपल र कलेजमै अध्ययन गरिरहेका विद्यार्थीबाट विद्यार्थी र अभिभावकले शैक्षिक जानकारी लिन पाउने राइट इभेन्टका प्रतिनिधि रमेश जोशीले बताए ।

उनका अनुसार स्वदेशमै अध्ययन गर्न चाहनेलाई त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा र अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका बारेमा जानकारी दिइनेछ । यसबाहेक भारत, चीन, अस्ट्रेलिया, बंगलादेश, जापानलगायत देशका शैक्षिक संस्थामा उच्चशिक्षा पढ्न चाहने विद्यार्थीले पनि मेलाका स्टलबाट लाभ लिन सक्नेछन् ।

मेलामा निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ । शैक्षिक ऋण र विद्यार्थी लक्षित बिमाबारे जानकारी दिने स्टलहरू पनि रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया