डा.केसीको समर्थनमा चिकित्सकहरूले गरे १५ मिनेट प्रदर्शन


Share This


नेपालबहस संवाददाता    

चितवन । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबार बिहान भरतपुर अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।

नेपाल चिकित्सक संघ चितवन शाखाको आह्वानमा उनीहरूले बिहान १० बजेदेखि सवा १० बजेसम्म प्रदर्शन गरेका हुन् ।

केसीका माग पुरा गराउन र उनको जीवन रक्षाका लागी प्रदर्शन दिन दिनै गर्ने सचिव डा.भोजराज अधिकारीले नेपालबहल डटकमलाई जानकारी दिएका छन् ।

सरकारले केसीका माग नसुने संघको कडा आन्दोलन !

संघका केन्द्रीय सदस्य डा.कृष्ण पौडेलले केसीको माग पुरा भए सर्वसाधरण नेपालीको हित हुने र चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

सरकारले ल्याएको विधेयकले चिकित्सा क्षेत्रलाई अव्यवस्थित बनाउने उनको भनाइ थियो । सरकारले केसीका माग नसुने संघले कडा आन्दोलन गर्ने उनले बताए ।

सरकारले यो मुद्दालाई तत्काल सम्बोधन नगरे कडा प्रर्दशनमा जाने चिकित्सक संघका केन्द्रीय सदस्य डा.पौडेलले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया