अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै


Share This


नेपालबहस संवाददाता    

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ ।

आमरण अनसन बसेको नवौ दिनसम्म पुग्दा डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको डा। केसीको उपचारमा संलग्न चिकित्सकहरुको टोलिले बताएको छ ।

हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको चिकित्सहरुले दैनिक स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अहिले पिसावमा किटोन बढी देखिएकाले आईभी फ्ल्यूड दिईराखेको उपचारमा खटिएका चिकित्सक टोलिका संयोजक डा.प्रविण गिरीले बताए ।

तपाईको प्रतिक्रिया