डा.केसीको अवस्था बुझ्न र ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघको टोली जुम्लामा


Share This


नेपालबहस संवाददाता    89 Views

 

काठमाडौं । नवौ दिन देखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलन प्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सहितको टोली जुम्ला पुगेको छ ।

चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डिराज पौडेल र सह कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनसनरत डा. गोविन्द केसीलाई भेटि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

काठमाडौंमा अनसनरत हुँदा दैनिक भेटघाट भएर आन्दोलनका कार्यक्रमअरु सार्वजनिक गर्ने गरेपनि यस पटकको १५ औं आमरण अनशन कर्णालीमा भएकाले भेटघाट हुन नसक्दा आन्दोलनका कार्यक्रमहरु कसरी अघि बढाउने भन्ने विषयमा अलमल परेको चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डिराज पैडेलले बताए ।

देशभरका चिकित्सकहरुले हिजोे शनिबार देखि कालोपट्टी बाँधेर सरकारले परिमार्जनसहित ल्याउन लागेको चिकित्सा शिक्षा विद्येयकको विरोध गर्दै काम थालेका पौडेलले बताए ।

पौडेलले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइसकेको जानकारी दिदै सरकारले सुनुवाइ गरेन भने कडा भन्दा कडा आन्दोलन गर्ने बताए । डा.केसीको जीवनरक्षा प्रमुख माग भएको चिकित्सक संघका सहकोषध्यष डा। प्रकाश बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया